धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङबेशी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङको दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ । समानुपातिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार क्षेत्र न १ मा रास्वपाले समानुपातिकतर्फ ३९ हजार ९ सय ५३ मत र क्षेत्र न २ तर्फ २८ हजार ७५२ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले क्षेत्र न १ तर्फ १० हजार ८३, क्षेत्र न २ तर्फ १८ हजार ५५४ मत हासिल गरेको छ । त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले क्षेत्र न १ मा १४ हजार ७ सय ६१ र क्षेत्र न २ मा ९ हजार ६३३ मत पाएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले क्षेत्र न १ मा १३ हजार १ सय ८३ र क्षेत्र न २ तर्फ ७ हजार ८७९ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र न १ मा १ हजार ३ सय २६ र क्षेत्र न २ मा २ हजार ५०९ मत प्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले क्षेत्र न १ मा ९ सय २४ र क्षेत्र न २ मा १ हजार ५१० मत पाएको छ ।
यसैगरी श्रम संस्कृति पार्टीले क्षेत्र न १ मा ४५२ र क्षेत्र न २ मा ८०३ मत पाएको छ । मंगोल नेशनल अर्गनाइजेशनले क्षेत्र न १ मा ६ सय ५२ र क्षेत्र न २ मा ५३० र संयुक्त नागरिक पार्टीले क्षेत्र न १ मा ७३ र क्षेत्र न २ मा २७६ मत प्राप्त गरेका छन् ।
नेपाल जनता संरक्षण पार्टीले क्षेत्र न १ मा २४६ र क्षेत्र न १ मा १७२, प्रगतिशील लोकतान्त्रिक पार्टीले क्षेत्र न १ मा ६९ र क्षेत्र न २ मा १ सय ६१ मत प्राप्त गरेको छ । त्यसैगरि नेपाली कम्युनिष्ट पार्टी माओवादीले क्षेत्र न १ मा ११४ मत र क्षेत्र न २ मा ६६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |