बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौँ, २२ फागुनः बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी हुनुभएको छ । खनालले २७ हजार ७१९ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो ।
कुल ३४ हजार ४७३ मत खसेको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले छ हजार ६४७ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनकुमार मास्केले चार हजार ३७३ मत पाउनुभएको उहाँले बताउनुभयो ।
निर्वाचित खनाल पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका साथै काठमाडौँ क्षेत्र नं ६ का निर्वाचित प्रतिनिधिसमेत हुनुहुन्थ्यो । उहाँले टेक फर नेपालमार्फत सात वर्ष सरकारी विद्यालयको गुणस्तर सुधार र अभियानमा नेतृत्व गर्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गर्दै स्थानीय नीतिनिर्माणमा योगदान दिनुभएका उहाँले सर्वोदय श्रमदान अभियानमार्फत नेपाल, श्रीलङ्का र अमेरिकामा सामाजिक रुपान्तरणमा सक्रिय भूमिका खेल्नुभएको छ । उहाँले सन् २०१५ भूकम्प पीडितका लागि राहत वितरणमा समन्वय गर्नुका साथै सन् २०२० मा टोलटोलमा सिकाइ अभियानका लागि वैकल्पिक शिक्षणको ढाँचा विकासमा जोड दिँदै आउनुभएको थियो ।
—
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |