प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङबेसी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी धादिङले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। पार्टीको जिल्ला निर्वाचन परिचालन समिति, धादिङले जारी गरेको प्रतिज्ञापत्रमा राष्ट्रिय स्वाधीनता, जनताको सर्वोच्चता, आत्मनिर्भर अर्थतन्त्र र वैज्ञानिक समाजवादलाई मुख्य एजेन्डाका रूपमा अघि सारिएको छ।
प्रतिज्ञापत्रमा संघीय गणतन्त्र नेपालको संविधान २०७२ जारी गर्न विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन तथा शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ। पार्टीले विश्व शक्ति राष्ट्रहरूबीच बढ्दो प्रतिस्पर्धाले नेपालजस्तो साना राष्ट्रको स्वाधीनतामा चुनौती थपिएको उल्लेख गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राख्ने नीति लिने जनाएको छ। नेपालको भूमि कुनै पनि विदेशी शक्ति विरुद्ध प्रयोग हुन नदिन कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने प्रतिज्ञापत्रमा उल्लेख छ।
पार्टीले राज्यसत्ताका तीनै अङ्ग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा जनताको प्रत्यक्ष निगरानी, हस्तक्षेप र नियन्त्रण सुनिश्चित गर्ने नीति लिने जनाएको छ। सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता पनि गरिएको छ।
प्रतिज्ञापत्रमा कृषि आधुनिकीकरण, जलविद्युत तथा ऊर्जा विकास, पर्यटन प्रवर्द्धन, पूर्वाधार विस्तार र उद्योग स्थापना मार्फत रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरिएको छ। कृषि उत्पादनमा न्यूनतम अनुदान, जैविक मलको प्रवर्द्धन, कर प्रणाली सरल बनाउने तथा राजस्व संकलन पारदर्शी बनाउने विषय पनि समेटिएका छन्।
पार्टीले सामाजिक सञ्जाल र डिजिटल एल्गोरिदमले जनचेतनामा पार्ने प्रभावबारे चिन्ता व्यक्त गर्दै नागरिकको स्वनिर्णय क्षमताको विकास आवश्यक रहेको उल्लेख गरेको छ। डिजिटल माध्यमको दुरुपयोगबाट समाजलाई जोगाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।
धादिङ जिल्लामा युवाको वैदेशिक पलायन, कृषि संकट, पूर्वाधार असमानता र सामाजिक न्यायका सवाललाई मुख्य समस्या ठहर गर्दै समाधानका लागि युवा उद्यमशीलता, कृषि आधुनिकीकरण, पर्यटन विकास, शिक्षा–स्वास्थ्य सुधार र सुशासनलाई प्राथमिकतामा राखिएको छ।
यस निर्वाचनमा पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट राजेन्द्र प्रसाद पाण्डे, क्षेत्र नम्बर २ बाट रामबहादुर भण्डारी र समानुपातिकतर्फ इन्दिरा ढुङ्गानालाई उम्मेदवार बनाएको जनाएको छ। पार्टीले “तारा” चुनाव चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीले “सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी” भन्ने नारासहित यो निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |