रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले नजिकिँदै गरेको फागु पूर्णिमा (होली) पर्व मर्यादित, सभ्य र सुरक्षित ढंगले मनाउन सर्वसाधारणमा आग्रह गरेको छ। शुक्रबार जारी गरिएको सूचनामार्फत प्रशासनले होली मनाउने क्रममा उच्छृंखल गतिविधि नगर्न तथा कानुनविपरीतका कार्यबाट टाढा रहन अनुरोध गरेको हो।
प्रशासनले कसैको इच्छाविपरीत रंग तथा लोला लगाउने, जबर्जस्ती हो–हल्ला गर्ने, सवारी साधन चलाउँदा मादक पदार्थ सेवन गर्ने, सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि गर्ने जस्ता कार्य नगर्न सचेत गराएको छ। यस्ता गतिविधिले सामाजिक सद्भाव र शान्ति–सुरक्षामा असर पार्ने भन्दै कानुनी कारबाही हुन सक्ने चेतावनी समेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई आपसी सद्भाव, भाइचारा र सहिष्णुताको पर्वका रूपमा मनाउन आग्रह गर्दै कुनै पनि व्यक्तिको जीवन, स्वास्थ्य र सम्पत्तिमा क्षति पुग्ने खालका कार्य नगर्न स्पष्ट निर्देशन दिएको छ।
त्यसैगरी, आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा होली पर्व परेको उल्लेख गर्दै निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ। निर्वाचन प्रचारप्रसारको नाममा होलीलाई दुरुपयोग नगर्न र शान्तिपूर्ण वातावरण कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार तथा नागरिकलाई आग्रह गरिएको छ।
प्रशासनले होली पर्वलाई सभ्य, मर्यादित र कानुनसम्मत रूपमा मनाई सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न सम्पूर्ण जिल्लावासीमा अपिल गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |