बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङबेशी । जनताको जीवन व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–२ का उम्मेदवार राम बहादुर भण्डारीले रविभ्याली गाउँपालिकाको वडा नम्बर १ र २, साविक तिप्लिङ क्षेत्रमा मतदातासँग साक्षात्कार गर्नुभएको छ ।
भेटघाटका क्रममा उम्मेदवार भण्डारीले ऐन, कानुन तथा नीति निर्माणमा जनमैत्री भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । विकास पूर्वाधारलाई प्राथमिकतामा राख्दै सडक सञ्जाल विस्तार, टेलिफोन तथा सञ्चार सेवा सुधार, हाइड्रो परियोजना प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासमा विशेष पहल गर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, किसानको हितमा लक्षित कार्यक्रम सञ्चालन, चौरी खर्क व्यवस्थापनका नमुना योजना कार्यान्वयन तथा स्थानीय कला–संस्कृति संरक्षणका लागि सांस्कृतिक सङ्ग्रहालय स्थापना र धार्मिक क्षेत्रको संरक्षण तथा विकास गर्ने योजना पनि अघि सार्नुभएको छ ।
कार्यक्रममा सहभागी स्थानीय मतदाताले भण्डारीका प्रतिबद्धता र योजनालाई सकारात्मक रूपमा लिँदै समर्थन जनाएका छन् । उम्मेदवार भण्डारीले आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्दै समग्र क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |