वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङबेशी , ६ फागुन । नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाले नीलकण्ठ नगरपालिकालाई शिक्षाको मात्र नभई खेलकुदको समेत ‘हब’ (केन्द्र) बनाउने उद्घोष गर्नुभएको छ। आज ‘दोस्रो नीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले नगरको खेलकुद विकासप्रति यस्तो प्रतिबद्धता जनाउनुभएको हो।
मेयर ढुङ्गानाले वि.सं. २०७४ सालदेखि नै नगरपालिकाले फुटबल, ब्याडमिन्टन, र फुटसल लगायतका विभिन्न विधामा जोड दिँदै आएको स्मरण गराउनुभयो। “हामीले नीलकण्ठलाई शिक्षाको हब बनाइसकेका छौँ, अब खेलाडीहरूको पनि हब बनाउनुपर्छ भनेर यो दोस्रो मेयर कप आयोजना गरिएको हो,” उहाँले भन्नुभयो।
सीमित स्रोतका बीच पनि निरन्तरता
देशको वर्तमान आर्थिक अवस्था र नगरपालिकाको सीमित आन्तरिक स्रोतका बाबजुद खेलकुदलाई प्राथमिकतामा राखिएको उहाँको दाबी छ। “हाम्रो साधन र स्रोत सीमित छ, र भएको बजेट पनि हरेक वर्ष कटौती हुँदै गइरहेको छ,” मेयर ढुङ्गानाले थप्नुभयो, “तर पनि हिजोका प्रतिबद्धता र कार्यक्रमहरूलाई हामीले कुनै पनि परिस्थितिमा रोकेका छैनौँ र निरन्तरता दिइरहने छौँ।”
ओझेलमा परेका प्रतिभालाई अवसर
गाउँ-गाउँ र कुना-काप्चामा रहेका प्रतिभावान खेलाडीहरू अवसरबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले मेयर कप आयोजना गरिएको उहाँले प्रस्ट पार्नुभयो। “कुना-काप्चामा रहेका खेलाडीहरूलाई अवसर दिएर यहाँबाट प्रदेश, केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार गर्नु हाम्रो लक्ष्य हो,” उहाँले विश्वास व्यक्त गर्नुभयो।
नीलकण्ठका खेलाडीहरूले यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेर देशको मान बढाएको उल्लेख गर्दै उहाँले नयाँ खेलाडीहरूलाई पनि सोही उच्च मनोबलका साथ अघि बढ्न प्रोत्साहन दिनुभयो। साथै, नगरपालिकाले आफ्नो क्षमताअनुसार उत्कृष्ट खेलाडीहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको र आगामी दिनमा पनि यसलाई जारी राख्ने उहाँले जानकारी दिनुभयो।
प्रतियोगिताको सफलताको शुभकामना दिँदै मेयर ढुङ्गानाले विधिवत रूपमा खेलको उद्घाटन गर्नुभएको थियो। प्रतियोगितामा धादिङका २० टिम र धादिङबाहिरको ६ टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई एकलाख ११ हजार १ सय ११, द्वितिय हुनेलाई ५५ हजार ५ सय ५५, तृतिय हुनेलाई २२ हजार २ सय २२ र सान्त्वना हुने टिमलाई ११ १ सय ११ रुपैयाँ पुरस्कार दिइने छ यसैगरि उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक र उत्कृष्ठ डिफेण्डरलाई ६ हजार ६ सय ६६ रुपैयाँका दरले पुरस्कृत गरिने छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।