धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा जिल्ला सुरक्षा समिति धादिङले शिक्षा तथा स्वास्थ्य क्षेत्रका प्रमुख र प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा सार्वजनिक निकायहरू निर्वाचन अवधिमा निष्पक्ष, तटस्थ र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको भूमिका विशेष महत्त्वपूर्ण हुने बताए।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्का, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदी लगायतले पनि आ–आफ्नो धारणा राख्दै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष ठानप्रसाद बसौला, विभिन्न शिक्षक संघ–संगठनका प्रतिनिधि, जिल्लाका १३ वटै पालिकाका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि, साथै स्वास्थ्य शाखाका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा निर्वाचन अवधिमा सरकारी स्रोत–साधनको दुरुपयोग नगर्न, कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुन नदिन, तथा सेवा प्रवाहमा कुनै पक्षपात हुन नदिने प्रतिबद्धता जनाइएको थियो।
जिल्ला सुरक्षा समितिले आगामी निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |