ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङबेशी । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएको सन्दर्भमा जिल्ला सुरक्षा समिति धादिङले गैरसरकारी निकायलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
जिल्ला सुरक्षा समितिको आयोजनामा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन गैरसरकारी संस्थाहरुले आचारसंहिता विपरितका गतिविधि नगर्न आग्रह गर्नुभयो ।
संचारकर्मीको उपस्थितिमा सम्पन्न छलफल कार्यक्रममा विकास र अधिकारका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरुले निर्वाचन आचारसंहिता बमोजिम हाल संचालनमा रहेका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरिएको थियो । राहत वितरण, अनुदान तथा विकासका नाममा गरिने गतिविधि तत्काल रोकेर मतदाता शिक्षामा मात्र केन्द्रीत हुन निर्देशन दिइएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुमित खड्का लगायत विभिन्न सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
यस्तो छ निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयबाट जारी भएको सूचना
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |