निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
धादिङ,२२ माघ
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने एसईई प्रि–बोर्ड परीक्षा आजबाट धादिङ जिल्लामा पनि सुरु भएको छ। उक्त परीक्षा विद्यार्थीहरूको शैक्षिक मूल्याङ्कन तथा आगामी एसईई परीक्षाको तयारीका लागि महत्वपूर्ण मानिन्छ।प्याब्सन धादिङ अन्तर्गतका सदस्य विद्यालयहरूले एसईई २०८२ को तयारी परीक्षा स्वरूप माघ २२ गतेसम्म प्रि–बोर्ड परीक्षा सञ्चालन गर्ने भएका छन्। यस पटक प्याब्सन धादिङमा आबद्ध विभिन्न विद्यालयहरूबाट कुल ३६२ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन्। प्रि–बोर्ड परीक्षाले विद्यार्थीहरूलाई वास्तविक एसईई परीक्षाको अभ्यास गर्न, कमजोरी पहिचान गर्न तथा आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
धादिङ जिल्लामा सुरु भएको उक्त परीक्षाका लागि जिल्लाभरि ५ वटा परीक्षा केन्द्र तोकिएको जानकारी जिल्ला परीक्षा संयोजक तथा एड्भान्स एकेडेमी धादिङबेँसीका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले दिनुभयो। उहाँका अनुसार परीक्षा व्यवस्थित र अनुशासनपूर्ण रूपमा सञ्चालन गर्न आवश्यक तयारी पूरा गरिएको छ।प्याब्सनले प्रत्येक वर्ष आफ्ना मातहतका निजी तथा आवासीय माध्यमिक विद्यालयहरूमा एसईई प्रि–बोर्ड परीक्षा सञ्चालन गर्दै आएको छ। यस वर्षको एसईई परीक्षा आगामी चैत्र १९ गतेदेखि सुरु हुने गरी राष्ट्रिय परीक्षा बोर्ड ९एनईबी० ले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |