Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

सरस्वतीको पूजा गरेर आज श्रीपञ्चमी मनाइँदै

१०४० पटक पढिएको प्रकाशित मिति: २०८२ माघ ९, शुक्रबार (४ महिना अघि)
सरस्वतीको पूजा गरेर आज श्रीपञ्चमी मनाइँदै

धादिङ,९ माघ
विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज (शुक्रबार) श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमीका नामले पनि चिनिने यस दिनलाई विद्या, बुद्धि, कला, साहित्य र संगीतसँग जोडिएको मौलिक पर्वका रूपमा लिइन्छ । बिहानैदेखि सरस्वती मन्दिरहरूमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको उल्लेख्य चहलपहल देखिएको छ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा शुक्रबार विशेष रौनक छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, भक्तपुरको थिमीस्थित सरस्वतीखेल, काठमाडौंको विशालनगरस्थित नील सरस्वती, आर्यघाटको सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभू क्षेत्रलगायतका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

विद्यार्थी, अभिभावक, शिक्षक, कलाकार, संगीतकर्मी तथा सर्वसाधारण श्रद्धालुहरू सरस्वतीको दर्शन गरी ज्ञान, विवेक र सिर्जनशीलताको कामना गर्दै पूजा गरिरहेका छन् । श्रीपञ्चमीलाई सरस्वती जयन्तीका रूपमा पनि लिने गरिन्छ ।धार्मिक विश्वासअनुसार श्रीपञ्चमीकै दिन सरस्वतीको प्राकट्य भएको मानिन्छ । वैदिककालदेखि नै सरस्वतीलाई विद्याकी अधिष्ठात्री देवीका रूपमा पूजा गर्ने परम्परा चलिआएको छ । यही मान्यताका कारण श्रीपञ्चमीका दिनलाई विशेष गरी शिक्षा र ज्ञानसँग सम्बन्धित कर्मलाई शुभ मानिन्छ ।

श्रीपञ्चमीका दिन बालबालिकाको शिक्षारम्भ गराउने प्रचलन व्यापक छ । अक्षरारम्भका रूपमा चिनिने यो संस्कारमा साना बालबालिकालाई पहिलोपटक अक्षर लेख्न सिकाइन्छ ।धेरै विद्यालय तथा शैक्षिक संस्थाहरूले श्रीपञ्चमीकै दिन सरस्वती पूजा, अक्षरारम्भ र सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । साथै, शिशुको नाक र कान छेडाउने संस्कार पनि शुभ मानिने भएकाले विभिन्न स्थानमा यस्तो कर्म गरिएको देखिन्छ ।
गुरुबाट दीक्षा लिने, नयाँ वाद्ययन्त्र प्रयोगको आरम्भ गर्ने र कलासम्बन्धी अभ्यास सुरु गर्ने परम्परा छ । ज्ञानका स्रोत मानिने पुस्तक, कापी–कलमसँगै हार्मोनियम, तबला, बाँसुरीजस्ता वाद्ययन्त्र तथा चित्रकलाका रंग र साधनलाई समेत सरस्वतीको प्रतीक मानेर पूजा गर्ने चलन छ ।
यस पर्वलाई ज्ञान र विवेकको उज्यालोसँग जोडिन्छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा हरियाली बढ्ने, फूल फुल्ने र नयाँ ऊर्जा सञ्चार हुने समय भएकाले पनि वसन्त पञ्चमीलाई सकारात्मक परिवर्तन र नयाँ सुरुवातको प्रतीकका रूपमा लिने गरिन्छ । यही कारण सरस्वती पूजाको दिन अध्ययन, सिर्जना र आत्मविकासका लागि विशेष मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0