Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल

१०८३ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ ३, शनिबार (३ दिन अघि)
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल

 धादिङबेशी ३,माघ । नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठले पार्टीको आन्तरिक विवाद र नेतृत्वको विषयलाई लिएर पार्टी नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई विधि, विधान र निर्वाचन आयोगको निर्णयअनुसार अगाडि बढाउन आग्रह गर्नुभएको हो।

सचिव श्रेष्ठले पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा शनिबार बिहानका लागि बोलाइएको बैठक रोक्न आग्रह गर्दै नयाँ नेतृत्वलाई ससम्मान स्वागत गर्नुपर्नेमा जोड दिनुभएको छ।

मुख्य बुँदाहरू:

  • निर्वाचन आयोगको निर्णयको सम्मान: श्रेष्ठले निर्वाचन आयोगको निर्णय मान्नु नै पार्टी र नेताहरूको दीर्घकालीन हितमा रहेको उल्लेख गर्नुभएको छ। “अन्य विकल्पमा जानु भनेको पार्टी सदस्यको अपमान र नेताहरूको राजनीतिक कद घटाउनु हो,” उहाँले भन्नुभएको छ।

  • नयाँ नेतृत्वको स्वागत: विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई सगर्व स्वीकार गर्न आग्रह गर्दै उहाँले बीपी स्मृति भवनमा नयाँ नेतृत्वलाई स्वागत गर्ने वातावरण बनाउन अपिल गर्नुभएको छ।

  • एकता र लोकतान्त्रिक संस्कार: रिसराग, आवेश र अविश्वास त्यागेर उच्चतम लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न उहाँले नेताहरूलाई आग्रह गर्नुभएको छ।

  • आगामी कार्यभार: सभापति गगन थापाले आगामी वैशाखमा १५औँ महाधिवेशन गर्ने घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै श्रेष्ठले तत्काल फागुन २१ को निर्वाचनका लागि पार्टीलाई एकजुट बनाउन आह्वान गर्नुभएको छ।

“पार्टी सदस्यको भावना बुझौं”

सचिव श्रेष्ठले भुइँ तहका कार्यकर्ता र पार्टी सदस्यहरूको हितलाई सर्वोपरि ठान्नुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “आस्था र विश्वास जोडिएको केन्द्रीय कार्यालयमा नयाँ नेतृत्वलाई स्वागत गर्नुहोस्। इतिहासले तपाईंहरूलाई सम्मान गर्नेछ।”

उहाँले सबै चुनौतीहरूको सामना एकताबद्ध भएर गर्न र महाधिवेशनमार्फत आफूलाई परीक्षण गराउँदै विचार र नेतृत्व स्थापित गर्ने अभ्यासमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ। त्यसैगरी नेपाली काग्रेसका धादिङका सह सचिव नवराज तिमल्सिनाले पनि सचिव श्रेष्ठको भनाईलाई समर्थन गर्दै फेसबुक मार्फत शेयर गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%२%२%३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

  • कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

    कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

  • नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

    नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

  • समाचार
    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

    कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

    नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

    नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0