वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,१९ पौष । परिवर्तनका लागि प्रतिबद्ध समाज—कोसोक नेपाल धादिङको १८ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
निर्वाचित कार्यसमितिको अध्यक्षमा सीताराम कोइराला चयन हुनुभएको छ । उपाध्यक्षमा हरि सुनार, महासचिवमा मानबहादुर श्रेष्ठ, सचिवमा मनिष दुवाडी र कोषाध्यक्षमा रञ्जु ढुंगाना निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा अमृत विक, ईश्वर कोइराला, मदनराज भारती, गीता खतिवडा र नानु कार्की रहनुभएको छ ।
साधारण सभामा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे छलफल गरिएको थियो । कोसोक नेपालले विगत २२ वर्षदेखि धादिङ जिल्लामा सडक सुरक्षा, विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइ, गरिबी निवारण, नवीकरणीय ऊर्जा विकास तथा सुर्तिजन्य पदार्थविरुद्धको अभियान लगायत सामाजिक विकासका विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी गराइएको छ ।
अधिवेशनका सहभागीहरूले समुदायस्तरमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा कार्यक्रमहरू अझ प्रभावकारी र समन्वयात्मक रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । नयाँ कार्यसमितिले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जनजीवनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।