नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी, १३ पौष । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले शासन सत्तामा गलत मान्छेहरूको पहुँच पुग्दा समाज र व्यवस्थाले चुनौती भोग्नुपरेको बताउनुभएको छ । आइतबार धादिङको गल्छी गाउँपालिकामा आयोजित ‘सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सुशासनका लागि सही पात्रको पहिचान र बिचौलियाहरूको अन्त्य अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
प्रदेश सूचना पुनरावेदन समितिद्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री अधिकारीले सूचनाको हकलाई मानिसको नैसर्गिक अधिकारको रूपमा व्याख्या गर्नुभयो ।
“सूचनाको हक जन्मसिद्ध अधिकार हो” : मन्त्री अधिकारीले सूचनाको हक लोकतन्त्रको प्राणवायु भएको बताउँदै भन्नुभयो, “बच्चा जन्मिएपछि रुनु भनेकै उसले आफ्नो हक खोजेको संकेत हो । सूचनाको हक पनि त्यस्तै प्राकृतिक अधिकार हो । अझै पनि संसारका ६५ प्रतिशत देशहरूमा लोकतन्त्र र सूचनाको हक छैन, तर हामीले यसलाई नागरिकको घरदैलोसम्म पुर्याउनु पर्छ ।”
बिचौलिया र भ्रष्टलाई शून्य सहनशीलता : आफ्नो मन्त्रालयमा असल र इमानदार मान्छेहरूलाई मात्र नजिक राख्ने नीति लिएको स्पष्ट पार्दै मन्त्री अधिकारीले भन्नुभयो, “भ्रष्टाचार गर्ने, अनावश्यक काममा अल्झाउने र बिचौलियाको काम गर्नेहरूलाई हामीले पन्छाउनुपर्छ । यदि शासन गर्ने साँचो (Die) राम्रो भयो भने मात्रै समाज पनि राम्रो हुन्छ । हामीले गलत मान्छेलाई शासनको नजिक पुर्याउने गल्ती गर्नु हुँदैन ।”
महिला सहभागिता र समावेशीकरण : मन्त्री अधिकारीले आफ्नो मन्त्रालयमा करिब आधा संख्यामा महिला कर्मचारीहरू रहेको जानकारी दिँदै अहिले देशमा महिला र पुरुष बराबरी रूपमा जिम्मेवारी सम्हाल्ने परम्परा बस्नु सुखद रहेको बताउनुभयो । उहाँले धादिङको उत्तरी भेगका नागरिकलाई सहज हुने गरी आगामी दिनमा पनि यस्ता कार्यक्रम लैजाने प्रतिबद्धता जनाउनुभयो ।
१३ वटै जिल्ला समेट्ने योजना: सूचनाको हकलाई अझ प्रभावकारी बनाउन बागमती प्रदेशका १३ वटै जिल्लाका सूचना अधिकारी, वडा सचिवहरूलाई समेटेर वृहत् छलफल गर्ने मन्त्रालयको योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो समाज हाम्रो साँचोबाट उत्पादन हुने हो, त्यसैले राम्रो समाज बनाउन हामी सबैको साँचो (नियत र पद्धति) सफा हुनुपर्छ ।”
गल्छी गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा धादिङ जिल्लास्थित प्रदेश मातहतका कार्यालयका सूचना अधिकारीहरू र विभिन्न वडाका वडा सचिवहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सूचनाको हकको कार्यान्वयन र पुनरावेदन प्रक्रियाका बारेमा विस्तृत छलफल समेत गरिएको थियो ।
कार्यक्रमका केहि झलकहरु

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |