नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ, पुस १२ गते ।
नीलकण्ठ नगरपालिका–८ स्थित आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। नीलकण्ठ नगरपालिका–८, बाह्रमुरे स्थित तरकारी प्रशोधन केन्द्रको प्राङ्गणमा सम्पन्न अधिवेशनले शम्भु श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा विष्णुकुमार श्रेष्ठ, सचिवमा विष्णुहरी लम्साल, कोषाध्यक्षमा फत्तकुमारी श्रेष्ठ (सुनिता) र सहसचिवमा हिरा कुमाल चयन भएका छन्। सदस्यहरूमा भुवल विश्वकर्मा, लक्ष्मी श्रेष्ठ, विमला कोइराला र प्रेमनारायण श्रेष्ठ रहेका छन्।
यसैगरी, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा रेशमकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यमा टेकबहादुर मगर र शर्मिला तामाङ रहेका छन्।
सहकारीले नीलकण्ठ नगरपालिकासँग सम्झौता गरी तरकारी मूल्य शृङ्खला विकास तथा कृषि उपजको बजारीकरणका लागि तरकारी प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले सहकारीमार्फत तथ्यांकमा आधारित उत्पादनका आधारमा अनुदान तथा इच्छुक उद्यमीहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। साथै सहकारीको स्तरोन्नति र नगरभरिका कृषि उपज बिक्रीको मुख्य माध्यमका रूपमा विकास गर्न नगरपालिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो।
नगर प्रमुख ढुंगानाले स्थानीय कृषि उपजको बजारीकरण र कृषकले उचित मूल्य प्राप्त गर्न सकून् भन्ने उद्देश्यले तरकारी प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभयो। कृषकहरूको आयआर्जन र आर्थिक उन्नतिमा प्रशोधन केन्द्र महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले कृषि उपज भण्डारणका लागि कोल्ड च्याम्बर (चिस्यान केन्द्र) निर्माण गर्न नगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको र छिट्टै कार्यान्वयनमा जाने जानकारी दिनुभयो।
त्यसैगरी नीलकण्ठ नगरपालिकाका ८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले किसानहरूको आर्थिक अवस्था सुदृढ बनाउन वडा तहबाटै ठोस योजना अघि सारिएको बताउनुभयो। उहाँका अनुसार सहकारी र नगरपालिकाबीचको समन्वयमा अब वडाभित्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल, खाद्यान्न, पशुपन्छी तथा दूधजन्य उत्पादनहरू सहकारीले खरिद गरी बजारीकरण गर्नेछ।
सहकारीले नीलकण्ठ कृषि उपज प्रशोधन केन्द्र मार्फत उत्पादनको संकलन, भण्डारण र प्रशोधनमा सहयोग पु¥याउने उहाँको भनाइ छ। उत्पादित सामग्री पोखरा, काठमाडौं र नारायणघाटजस्ता राष्ट्रिय बजारका साथै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
सहकारीमार्फत कृषकलाई प्राविधिक सहयोग, मल, बीउ र विषादीको उपलब्धता सुनिश्चित गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले हेफर इन्टरनेसनल र एक्सन नेपालको सहकार्यमा आँकुरा कृषि सहकारी तथा नीलकण्ठ नगरपालिकासँग मिलेर सञ्चालन भइरहेका गतिविधि, आगामी योजना तथा तरकारी प्रशोधन केन्द्रको दिगोपनाबारे प्रस्तुति दिनुभएको थियो। प्रशोधन केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण व्यवस्थापन तथा सहजीकरणमा सहयोग गरिने पनि उहाँले जानकारी दिनुभयो।
परम्परागत बचत तथा ऋण सहकारीभन्दा फरक ढंगले यो संस्था कृषि तथा पशुपालनको व्यावसायिक विकास, उत्पादन, संकलन, प्रशोधन र बजारीकरणमा केन्द्रित रहने जनाएको छ।
हाल आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्थामा करिब ५०० घरधुरी आबद्ध भइसकेका छन्।
नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, एक्सन नेपाल धादिङका कार्यकारी निर्देशक कमलराज ढुंगाना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सहकारीका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |