वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,१२ पुस
बागमती प्रदेश स्तरीय अन्तर जिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिताको उपाधी धादिङले जितेको छ ।सिन्धुपाल्चोकलाई सोझो सेटमा पराजित गर्दै धादिङ च्याम्पियन बनेको हो। फाइनल खेलमा धादिङले सिन्धुपाल्चोकलाई २५–१०, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–७ को फराकिलो अन्तरले हराएको हो ।धादिङले उपाधी हात पारेसँगै नगद २ लाख रुपैयाँ पुरस्कार जितेको छ । फाईनलमा पराजित भएको उपविजेतामा चित्त बुझाएको सिन्धुपाल्चोकले १ लाख रुपैयाँ हात पारेको छ।
यस्तै तेस्रो स्थानका लागि भएको खेलमा रामेछापले नुवाकोटलाई पराजित गर्दै ५० हजार रुपैयाँ पुरस्कार जितेको छ। प्रतियोगिता अवधिमा विभिन्न विधामा उत्कृष्ट प्रर्दशन खेलाडीहरुलाई पनि पुरस्कृत गरीएको छ । जसमा बेस्ट स्पाइकरः सलिना गुरुङ (धादिङ),बेस्ट डिफेन्डरः जमुना गुरुङ (धादिङ),बेस्ट सेटरः भावना तामाङ (धादिङ),बेस्ट ब्लकरः वाल्मिका आचार्य (धादिङ),बेस्ट सर्भरः एलिसा श्रेष्ठ(रामेछाप),उत्कृष्ट खेलाडीः रेविका तामाङ (धादिङ) ले जित्नुभएको छ ।
धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । धादिङबेसीमा पुस ९ गतेदेखि सञ्चालन भएको बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल आज सम्पन्न भएको हो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।