नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङबेशी,९ पुस । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा न. ७ निवासी प्राध्यापक डा. देवी प्रसाद अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। आज रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टीका उप-सभापती डोल प्रसाद अर्याल,डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका केन्द्रीय नेताहरूले उहाँलाई औपचारिक रूपमा स्वागत गर्नुभएको हो।
स्वागत कार्यक्रममा रास्वपाका संगठन बिभागको उप-प्रमुख बोधनारायण श्रेष्ठ र केन्द्रीय प्रशिक्षण विभागका सदस्य कृष्णमान शाक्य समेतको उपस्थिति रहेको थियो। लामो समयदेखि नेपाली कांग्रेस निकट विद्यार्थी राजनीतिबाट सक्रिय रहँदै आउनुभएका डा. अधिकारी हाल नीलकण्ठ बहुमुखी क्याम्पसमा प्राध्यापकका रूपमा अध्यापनरत हुनुहुन्छ।
साहित्य, लेखन र बौद्धिक बहसमा प्रखर व्यक्तित्वका रूपमा परिचित डा. अधिकारीको रास्वपामा प्रवेशसँगै धादिङको राजनीतिक वृत्तमा नयाँ हलचल देखिएको छ। यसअघि पनि धादिङका बौद्धिक व्यक्तित्व बोधनारायण श्रेष्ठ र कृष्णमान शाक्य रास्वपामा प्रवेश गरेसँगै पार्टीको संगठन र गरिमा थप सुदृढ बन्दै गएको थियो।
डा. अधिकारीको प्रवेशपछि उहाँलाई भावी नीलकण्ठ नगरपालिकाको मेयर उम्मेदवारका रूपमा अघि सार्न सकिने चर्चा सुरु भएको छ। उहाँ निकट स्रोतका अनुसार पार्टीले दिने जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट सोचका साथ उहाँ रास्वपामा आबद्ध हुनुभएको हो।
रास्वपाका केन्द्रीय नेताहरूका अनुसार डा. अधिकारीको क्षमता, अनुभव र बौद्धिक योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले उचित र सम्मानजनक जिम्मेवारी दिने तयारी गरेको छ।
डा. देवी प्रसाद अधिकारीको आगमनसँगै रास्वपाले धादिङमा बौद्धिक र वैचारिक आधार अझ बलियो बनाएको विश्लेषकहरूको बुझाइ छ। आगामी दिनमा यसले स्थानीय राजनीतिमा कस्तो मोड ल्याउने हो भन्ने चासो बढ्दै गएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |