नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,९ पुस । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा न. ७ निवासी प्राध्यापक डा. देवी प्रसाद अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। आज रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टीका उप-सभापती डोल प्रसाद अर्याल,डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका केन्द्रीय नेताहरूले उहाँलाई औपचारिक रूपमा स्वागत गर्नुभएको हो।
स्वागत कार्यक्रममा रास्वपाका संगठन बिभागको उप-प्रमुख बोधनारायण श्रेष्ठ र केन्द्रीय प्रशिक्षण विभागका सदस्य कृष्णमान शाक्य समेतको उपस्थिति रहेको थियो। लामो समयदेखि नेपाली कांग्रेस निकट विद्यार्थी राजनीतिबाट सक्रिय रहँदै आउनुभएका डा. अधिकारी हाल नीलकण्ठ बहुमुखी क्याम्पसमा प्राध्यापकका रूपमा अध्यापनरत हुनुहुन्छ।
साहित्य, लेखन र बौद्धिक बहसमा प्रखर व्यक्तित्वका रूपमा परिचित डा. अधिकारीको रास्वपामा प्रवेशसँगै धादिङको राजनीतिक वृत्तमा नयाँ हलचल देखिएको छ। यसअघि पनि धादिङका बौद्धिक व्यक्तित्व बोधनारायण श्रेष्ठ र कृष्णमान शाक्य रास्वपामा प्रवेश गरेसँगै पार्टीको संगठन र गरिमा थप सुदृढ बन्दै गएको थियो।
डा. अधिकारीको प्रवेशपछि उहाँलाई भावी नीलकण्ठ नगरपालिकाको मेयर उम्मेदवारका रूपमा अघि सार्न सकिने चर्चा सुरु भएको छ। उहाँ निकट स्रोतका अनुसार पार्टीले दिने जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट सोचका साथ उहाँ रास्वपामा आबद्ध हुनुभएको हो।
रास्वपाका केन्द्रीय नेताहरूका अनुसार डा. अधिकारीको क्षमता, अनुभव र बौद्धिक योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले उचित र सम्मानजनक जिम्मेवारी दिने तयारी गरेको छ।
डा. देवी प्रसाद अधिकारीको आगमनसँगै रास्वपाले धादिङमा बौद्धिक र वैचारिक आधार अझ बलियो बनाएको विश्लेषकहरूको बुझाइ छ। आगामी दिनमा यसले स्थानीय राजनीतिमा कस्तो मोड ल्याउने हो भन्ने चासो बढ्दै गएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |