वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, पुस ८ गते ।
धादिङको सिद्धलेक गाउँपालिकामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यसहित ‘सामी कार्यक्रम (चौथो) चरण’ को कार्यान्वयन मोडालिटी तथा सेवालाई संस्थागत गर्ने विषयमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सिद्धलेक गाउँपालिकाको सभाहलमा रोजगार प्रवद्र्धन, सामी कार्यक्रमको आयोजनामा सम्पन्न भएको हो।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सबिता अर्याल, वडा अध्यक्षहरू, विषयगत समितिका सदस्यहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य, नीलकण्ठ नगरपालिकाका सामी कार्यक्रम संयोजक अधिवक्ता दिनेश दुवाडी र सामी कार्यक्रम अधिकृत भोजराज सुनुवारले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जनप्रतिनिधि र कर्मचारीहरूले सिद्धलेकका कुनै पनि नागरिक श्रम स्वीकृति बिना वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था कडाइका साथ लागू गरिने बताएका छन्। असुरक्षित प्रक्रिया अपनाउँदा नागरिक ठगी र सास्तीमा पर्ने गरेको उल्लेख गर्दै गाउँपालिकाका सातै वडाका टोल–बस्तीमा सचेतना समूह गठन गर्ने निर्णय गरिएको छ। यी समूहले वैदेशिक रोजगारी सम्बन्धी सही सूचना प्रवाह गर्ने र समस्यामा परेकाको विवरण संकलन गर्नेछन्।
गाउँपालिकाका अध्यक्ष खतिवडाले गाउँपालिकाले आफ्नो बजेटमा समेटिएका कार्यक्रमहरू पारदर्शी रूपमा कार्यान्वयन गर्न कर्मचारीको भूमिकालाई महत्त्व दिएको बताउनुभएको छ । साथै यस्ता कार्यक्रम साक्षरता कम भएका तथा विकट क्षेत्रमा विशेष प्राथमिकताका साथ लागु गर्नुपर्ने बताउनुभएको छ।
भारत लगायतका देशमा समस्यामा परेका नेपालीको उद्धार र दीर्घकालीन नीतिगत सुधारका लागि आगामी प्रदेशस्तरीय बैठकमा ठोस प्रस्ताव लैजाने योजना समेत सार्वजनिक गरिएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।