Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

विधि मानेर चल्ने विद्यालयलाई प्राथमिकता दिन्छौँ : उपाध्यक्ष सिम्खडा

२५७८ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १, मंगलबार (७ महिना अघि)
विधि मानेर चल्ने विद्यालयलाई प्राथमिकता दिन्छौँ : उपाध्यक्ष सिम्खडा

धादिङबेशी । १ पुस । गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाले मण्डली माध्यमिक विद्यालयको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यालयको गौरवशाली इतिहास, शैक्षिक योगदान र स्थानीय सरकारको शिक्षा सुधारका प्रयासबारे प्रकाश पार्नुभएको छ।

सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष सिम्खडाले आफूले माध्यमिक शिक्षा आर्जन गरेको यही विद्यालयले जिल्लास्तर र स्थानीय सरकारको नेतृत्वदायी तहमा पुग्ने थुप्रै व्यक्तित्व उत्पादन गरेको उल्लेख गर्नुभयो। गाउँपालिका अध्यक्ष, प्रवक्ता, विभिन्न वडाध्यक्षहरू तथा आफू स्वयं समेत यसै विद्यालयका पूर्वविद्यार्थी हुनु संयोग मात्रै नभई मण्डली माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर र ऐतिहासिक योगदानको प्रमाण भएको उहाँको भनाइ थियो।

“मैले माध्यमिक शिक्षा आर्जन गरेको यही विद्यालयले मलाई आजको जिम्मेवारीसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको छ,” उपाध्यक्ष सिम्खडाले भन्नुभयो, “आज यही विद्यालयको पूर्वविद्यार्थीका रूपमा तपाईंहरूकै बीच उभिन पाउनु मेरो लागि गर्वको विषय हो।”

शैक्षिकसँगै खेलकुदमा पनि मण्डलीको पहिचान

उपाध्यक्ष सिम्खडाले मण्डली माध्यमिक विद्यालयले खेलकुद क्षेत्रमा पनि जिल्लामा विशिष्ट छवि बनाएको स्मरण गर्नुभयो। आफू कक्षा आठमा अध्ययनरत रहँदा बिरेन्द्रशील प्रतियोगितामा सहभागी भएको अनुभव सुनाउँदै उहाँले १५ सय मिटर दौड, भलिबललगायतका खेलमा मण्डलीले निलकण्ठ, भैरवी र मच्छिन्द्र माध्यमिक विद्यालयसँग प्रतिस्पर्धा गर्दै लगातार तीन पटकसम्म शिल्ड जितेको इतिहास उल्लेख गर्नुभयो।

त्यस समय जिल्लाभर “के हो मण्डली माध्यमिक विद्यालय ? कस्तो पानी रहेछ त्यहाँको ? ” भन्ने चर्चा चल्नु विद्यालयको उपलब्धिको उदाहरण भएको उहाँको भनाइ थियो। उहाँले आफ्ना गुरुहरू—स्व. कृष्ण भट्ट, देवीदत्त उपाध्याय, बुद्धसागर, श्री खनाल तथा घुम्दीमा ‘कख’ सिकाउने गुरु हस्त दाइप्रति श्रद्धापूर्वक स्मरण गर्नुभयो।

शिक्षा सुधारमा गाउँपालिकाको पहल

उपाध्यक्ष सिम्खडाले स्थानीय सरकारले शिक्षा क्षेत्र सुधारका लागि गरेका पहल र त्यस क्रममा देखिएका चुनौतीबारे पनि स्पष्ट पार्नुभयो। गाउँपालिकाले आवश्यकताका आधारमा १३ जना शिक्षकहरू विभिन्न अनुदानमार्फत थप गरेको, विद्यार्थी संख्याका आधारमा शिक्षक व्यवस्थापन तथा समायोजन गरिएको जानकारी उहाँले दिनुभयो।

माथिल्लो सरकारका नीतिगत निर्देशन कार्यान्वयन गर्ने क्रममा केही विद्यालयहरूले अवज्ञा गरेको विषय गम्भीर रहेको उल्लेख गर्दै उहाँले शिक्षा सम्बन्धी विधि कुनै व्यक्तिको नभई राज्य सरकारले अंगीकार गरेको साझा विधि भएको स्पष्ट पार्नुभयो। स्थानीय आवश्यकता र भूगोललाई मध्यनजर गर्दै साना परिमार्जन गरिए पनि मूल नीति भने राज्यकै भएको उहाँको भनाइ थियो।

सक्षम र उत्तरदायी विद्यालय व्यवस्थापनलाई समर्थन

विद्यालय सञ्चालनका शैलीबारे एउटा विचार उद्धृत गर्दै उपाध्यक्ष सिम्खडाले नीति, विधि र स्थानीय आवश्यकता बुझेर आत्मनिर्भर ढङ्गले विद्यालय सञ्चालन गर्ने प्रशासकीय प्रवृत्तिलाई गंगाजमुना गाउँपालिकाले प्राथमिकताका साथ समर्थन गर्ने बताउनुभयो। “उदाहरणीय ढङ्गले विद्यालय सञ्चालन गर्ने व्यवस्थापन नै दीगो शैक्षिक विकासको आधार हो,” उहाँले भन्नुभयो।

साझा प्रयासमा जोड

उपाध्यक्ष सिम्खडाले अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीच हातेमालो भए मात्र विद्यालय, गाउँपालिका र समाज अघि बढ्न सक्ने उल्लेख गर्नुभयो। उहाँले सत्यलाई सत्य र गलतलाई गलत भनेर सच्याउँदै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा विद्यालयले स्थापना गरेको अक्षयकोषबाट अपाङ्ग, टुहुरा तथा अध्ययनमा उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन गरिएकोप्रति प्रशंसा गर्दै उहाँले यसलाई सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।

अन्त्यमा, आफूलाई शिक्षा दिने विद्यालय, अभिभावकसरहका अग्रजहरू र शिक्षकहरूप्रति सम्मान व्यक्त गर्दै उपाध्यक्ष सिम्खडाले उहाँहरूको दीर्घायुको कामना गर्नुभयो। साथै मण्डली माध्यमिक विद्यालयलाई उत्तरी धादिङको प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्न लागिपरेका सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0