प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,११ मंसिर
तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार आँखा केन्द्र धादिङका व्यवस्थापन समिति अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा केन्द्रको स्थापनाकाल देखि वर्तमान अवस्था, सेवा प्रवाह लगायतका विषयमा आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकारले जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागी सेवाग्राही तथा महिला स्वास्थ्य स्वयंसेविका सावित्रा कोईरालाले आँखा संवेदनशील अंग भएको उल्लेख गर्दै सामान्य नागरिकले पनि आँखा केन्द्र धादिङबाट सहज र सहजै पहुँचयोग्य सेवा पाउन थालेको देख्दा खुशी लागेको बताउनुभयो ।
साथै आफुहरुलाई तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङले विभिन्न तालिमहरु संचालन गरेकोले समुदायमा सेवा प्रदान गर्न अझ सहज भएको बताउनुभयो ।यसैगरी, व्यवस्थापन समिति अध्यक्ष अधिकारीले सेवा गुणवत्तामा निरन्तर सुधार भइरहेको उल्लेख गर्दै भवन अभावका कारण केही चुनौती रहे पनि भवन निर्माण पछि सेवा विस्तार झनै प्रभावकारी हुने बताउनुभयो ।आँखा केन्द्र धादिङले धादिङका विभिन्न स्थानमा निःशुल्क आखा शिविर सञ्चालन गरी जटिल प्रकृतिको उपचार, मोतिबिन्दु, आँखामा मासु पलाउने रोगका बिरामीको शल्यक्रियाद्वारा उपचार सेवा दिदैं आईरहेको छ । केन्द्रले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यालयका नर्सहरु लगायतलाई प्राथमिक आँखा उपचार तालिम समेत प्रदान गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |