वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,०७ मङ्सिर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय सकिएको छ । धादिङ जिल्लामा ८ हजार ४३१ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकारी शिव गुरुङका अनुसार मङ्सिर ५ गतेसम्म जिल्लामा ८ हजार ४३१ जनाले नाम दर्ता गराएका हुन् । निर्वाचन कार्यालयबाट नामावली दर्ता गराउनेको सङ्ख्या एक हजार ९६९ रहेको छ । जसमा ११ सय २८ पुरुष र ८४१ महिला रहेका छन् । यस्तै, छ हजार ४६२ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नामावली दर्ता गराएको निर्वाचन अधिकारी गुरुङले बताउनुभयो ।
बाह्य जिल्लाबाट ७३ जना (३१ महिला र ४२ पुरुष) ले नयाँ दर्ता गराएका छन्। साथै २०६ जनाले नामावली सच्याएका छन् भने ७५४ जनाले विवरण सार्ने प्रक्रिया पूरा गरेका छन्।
गुरुङका अनुसार विगतको तुलनामा यस पटक नाम दर्ता गर्नेमा युवापुस्ताको उत्साह देखिएको थियो । मतदाता दर्ताप्रति कम चासो देखाउने युवाहरू यसपालि आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित थिए । कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको आयोगले सरकारको आग्रहमा सो म्याद मङ्सिर ५ गतेसम्म थप गरेको थियो ।
धादिङमा कुल मतदाता सङ्ख्या दुई लाख ६५ हजार ९९६ रहेकोे छ । तीमध्ये एक लाख ३० हजार ५९४ महिला, एक लाख ३५ हजार ४०१ पुरुष र एक जना अन्य मतदाता रहेका छन् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।