धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, कात्तिक २७ गते ।
धादिङ उद्योग वाणिज्य संघको ३२ औँ साधारण सभा तथा ३४औँ स्थापना दिवसमा धादिङबेसीमा सम्पन्न भएको छ । संघका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जेन–जी आन्दोलनमा घुसपेठकै कारण औधोगिक प्रतिष्ठानहरुमा तोडफोड र आगजनी भएको बताउनुभएको छ ।
भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै जेन–जी समूहले पवित्र उद्देश्यका साथ विद्रोह गरेको भएपनि अवाञ्छित तत्वको घुसपेठले सरकार र नीजि क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको दावी गर्नुभयो । उहाँले नीजि क्षेत्र फेरी सशक्त भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, “निजी क्षेत्रलाई निर्वाध रूपमा व्यवसाय सञ्चालन गर्न वातावरण बन्दैन, त्यसैले व्यवसाय सुरक्षा अब हाम्रो प्राथमिकता हो।” उहाँले निजी क्षेत्र आर्थिक गतिविधिको इन्जिन भएको उल्लेख गर्दै सरकारले पनि निजी क्षेत्रलाई समर्थन र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो।
उहाँले निजी क्षेत्र कर तिर्ने, रोजगारी सिर्जना गर्ने र पूर्वाधार विकासमा योगदान पु¥याउने क्षेत्र भएको भन्दै आगामी दिनमा नीजि क्षेत्रलाई कुनैपनि समूहको टार्गेटमा पर्न नदिन र यसले भोगेका समस्या समाधान गर्न सरकारसँग माग पनि गर्नुभयो ।
‘नीजि क्षेत्र रोजगारी सिर्जना गर्ने महत्वपूर्ण क्षेत्र हो । कुनै पनि आन्दोलनमा निजी क्षेत्र टार्गेट नबनोस्, नीजि क्षेत्रमाथी नियतबस आगजनी। तोडफोड र हमलामा नपरोस्’, ढकालले भन्नुभयो–‘अब हुनेछैन भन्ने कुरा विश्वास दिलाउन चाहान्छु ।’
त्यसैगरी कार्यक्रममा बोल्नुहुँदैै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले सबै उद्यमी व्यवसायीहरुको अपनत्व हुने गरी विकसित गर्न सदस्यता प्रकृयालाई सदैव खुल्ला गरिरहेको जानकारी दिनुभयो ।
संघले संचालन गरेका गतिविधिहरु सबैमाझ पु¥याउन संघको वेवसाइट तयार गर्ने र सदस्यतालाई डिजिटलाइज गर्न शुरु गरिएको उहाँले बताउनुभयो । अधिवेशनको बेला मात्रै आकांक्षी उम्मेदवारहरु मध्येबाट व्यवसाय नविकरणको ठेक्का लगाउने प्रवृत्ति अन्त्य गरी पारदर्शी, जवाफदेही र व्यवसायिक संस्था बनाउने प्रयत्न जारी रहेको अध्यक्ष डल्लाकोटीको भनाई छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |