नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी । आज र भोली देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्येक वर्ष दुई चरणमा सञ्चालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरण वैशाख ६ र ७ गते र दोस्रो चरण कात्तिक २ र ३ गते सञ्चालन हुने परम्परा थियो । तर यस वर्ष सो मितिमा दिपावलीको लक्ष्मीपूजा पर्न गएकाले, मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार देशभरका ७५३ स्थानीय तहमा सञ्चालन हुने दुईदिने अभियानमा करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ ।
यस अभियानका लागि करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ । ६ महिना देखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइने छ ।
अघिल्लो चरणमा भिटामिन ‘ए’ क्याप्सुल सेवन दर ९० प्रतिशत र जुकाको औषधि सेवन दर ८७ प्रतिशत पुगेको जानकारी पनि दिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |