नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ, कात्तिक १९ गते ।
धादिङ जिल्लामा पालिका स्तरीय स्वास्थ्य आकस्मिकता योजना निर्माण गरिएको छ । जनस्वास्थ्य कार्यालय धादिङको सहजिकरणमा १३ वटै पालिकामा योजना निमार्ण गरिएको हो ।
जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुलीका अनुसार यस आर्थिक वर्षमा नेत्रावती डबजोङ, खनियावास र गंगाजमुना गाउँपालिकामा स्वास्थ्य आकस्मिकता योजना निर्माण गरिएको छ । बाँकी दश वटा पालिकामा गत वर्ष नै निमार्ण भइसकेको थियो ।
स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच, जनशक्ति, स्रोत र आवश्यक सामग्रीको व्यवस्थापनका साथै आकस्मिक तयारी र जोखिम व्यवस्थापनमा सुधार ल्याउने उद्धेश्यले स्वास्थ्य आकस्मिकता योजना निर्माण गरिएको हो ।
स्वास्थ्य शाखामार्फत तयार गरिने यस योजनाले प्रत्येक पालिकामा प्राथमिक स्वास्थ्य सेवाको अवस्था, जनस्वास्थ्य चुनौती, श्रोतको उपयोग र आगामी योजना निर्माण र कार्यान्वयनमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार सबै पालिकामा योजना निमार्णसँगै स्वास्थ्य सेवामा पर्नसक्ने महामारी, विपद् जस्ता समस्या सामाधान तथा व्यवस्थापनमा थप प्रभावकारी हुने जनाइएको छ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |