धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । असोज २५ गतेदेखि सुरु गरिएको परिचयपत्र बितरण कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।
कार्यक्रममा ७५७ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको र ७८ जनाले नयाँ फारम भरेका थिए । वडाभित्र राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले वडावासीहरूलाई सहज सेवा पु¥याउन मद्दत गरेको वडा अध्यक्ष राजकुमार गुरुङले बताउनु भएको छ ।
वडा अध्यक्ष गुरुङका अनुसार, वृद्ध, अशक्त र अपाङ्गता भएका नागरिकहरूको सहजताका लागि टोली स्वयं घरघरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो । उहाँले यस कार्यलाई सामाजिक उत्तरदायित्वको रूपमा लिएको बताउनुभएको छ । यस अभियानले विशेष गरी दुर्गम बस्ती र शारीरिक रूपमा अपांग, वृद्दवृद्दा र सहजै जिल्ला प्रशासन कार्यलय पुगेर राष्ट्रय परिचयपत्र बनाउन नसक्ने नागरिकलाई राहत मिल्ने लक्ष्य राखिएको थियो ।
जिल्ला प्रशासन कार्यालय धादिङले राष्ट्रिय परिचयपत्र कार्ड लिन बाँकी रहेका वा नयाँ फारम भर्न बाँकी रहेका उक्त क्षेत्रका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय धादिङमै पुगेर सेवा लिन सक्ने जानकारी दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |