Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?

बद्री अधिकारी ५३३६ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २६, आईतबार (१० महिना अघि)
अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?

सर्वप्रथम, जेन्जी आन्दोलनको क्रममा ज्यान गुमाउने वीर आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । मृतक परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै, यो आन्दोलनले उठाएका प्रश्न र पृष्ठभूमिबारे गम्भीर रुपमा छलफल गर्न आवश्यक ठानेको छु ।

नेपालको पछिल्लो राजनीतिक आन्दोलन, विशेष गरी जेन्जी पुस्ताद्वारा सञ्चालित आन्दोलन, केवल सडकमा प्रदर्शन गर्ने गतिविधि मात्र होइन, बरु पुरै व्यवस्था र नेतृत्वप्रति प्रश्नचिन्ह उठाउने एउटा ऐतिहासिक मोड हो । विगतका आन्दोलनहरूले परिवर्तन त ल्याए, तर नेताहरूको सोचाइमा परिवर्तन ल्याउन सकेनन् । यही कारणले आज फेरि युवा पुस्ता सडकमा उत्रिन बाध्य भएका छन् ।

नेताहरूको नसुध्रिएको चरित्र
नेपालमा आन्दोलन हुनेबित्तिकै नेताहरू कतै लुकेर बस्ने, केही दिनपछि सामाजिक सञ्जालमा मात्र देखापर्ने चलनले जनता निराश भएका छन् । आन्दोलन शान्त पार्ने उपाय खोज्ने सट्टा उनीहरू आफ्नो पार्टीको स्वार्थ र राजनीतिक अस्तित्व जोगाउने खेलमा मात्र लाग्छन् । जेन्जी आन्दोलनको क्रममा पनि यही दृश्य देखियो—नेता मौन बसे, तर आन्दोलन केही थामिएपछि मात्र आफ्ना कुरा सोशल मिडियामा राख्न थाले ।
यसले के प्रष्ट पार्छ भने नेताहरू अझै पनि आत्मालोचना गर्ने अवस्थामा पुगेका छैनन् । जनताबाट गल्ती स्वीकार्ने, क्षमा माग्ने र सुधार गर्ने संस्कार राजनीतिक नेतृत्वमा देखिँदैन । यदि नेताहरू यथास्थितिमा नै अडिग रहने हो भने, कार्यकर्ताहरूले आफूले रोजेका नेतासँगै आफ्नो पार्टीलाई नै प्रश्न गर्ने, खवरदारी गर्ने र अन्ततः बहिष्कार गर्ने विकल्प रोज्नुपर्ने देखिन्छ ।

कार्यकर्ताको नयाँ भूमिका : सुधारकर्ता कि अनुयायी ?
हाम्रो राजनीतिक संस्कृतिमा कार्यकर्ताहरू प्रायः नेताको अन्धानुयायी बन्ने गरेका छन् । नेताले जुन निर्णय गरे पनि समर्थन गर्ने, आलोचकलाई दबाउने प्रवृत्तिले दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर भएको  छ । तर जेन्जी आन्दोलनले देखाएको एउटा सकारात्मक संकेत के हो भने, अब कार्यकर्ताले प्रश्न गर्ने, नेतालाई चुनौती दिने र सही कुरा गर्न दबाब दिने संस्कार बढ्दै गएको छ ।
यदि नेता सुध्रिन इच्छुक छैनन् भने, कार्यकर्ताले सुधारकर्ता बन्ने विकल्प मात्र बाँकी रहन्छ । पार्टीलाई सफा गर्ने, भ्रष्ट्र नेताहरूलाई छानेर हटाउने र असल मान्छेलाई अगाडि ल्याउने जिम्मेवारी कार्यकर्ताकै काँधमा पर्छ ।

दलहरूमा गहिरो विकृति
नेपालका सबैजसो दलहरूमा एउटै रोग छ – भ्रष्ट्राचार, पैसाको राजनीति, परिवारवाद र गुटबन्दी । कांग्रेस होस् वा एमाले, माओवादी होस् वा राप्रपा, वा स्वतन्त्र प्लेटफर्म, नेतृत्वले खवरदारी गर्नेलाई टाढा धकेल्ने प्रवृत्ति समान रूपमा बढेको छ । यसै कारण असल मान्छे चुनावमा उठ्न सक्दैनन् । पैसाको खोलो नबगाई चुनाव जित्ने सम्भावना न्यून हुन्छ ।
यस्तो अवस्थामा जेन्जी आन्दोलनले दिएको सन्देश के हो भने—अब युवा पुस्ताले हस्तक्षेप गरेर दललाई सफा पार्नैपर्छ । दललाई सुधार गर्न सकेन भने, अर्को ठूलो आन्दोलन अपरिहार्य बन्ने संकेत देखिएको छ ।

चुनाव प्रणाली र सुधारको आवश्यकता
नेपालको हालको चुनाव प्रणालीमा असमानता, खर्चिलोपन र असमान अवसर प्रमुख समस्या बनेका छन् । सामान्य तर असल मान्छे चुनावमा उठ्न नसक्ने अवस्था भइसकेको छ । यो प्रणालीले धनी र प्रभावशाली वर्गलाई मात्र प्रवेश दिन्छ, जसले गर्दा असल मान्छे पछि धकेलिन्छन् ।

यसलाई सुधार्न आवश्यक प्रस्तावहरु :
एक जिल्ला, एक संघीय निर्वाचन क्षेत्र – यसले निर्वाचनलाई सरल र समान बनाउन मद्दत गर्छ ।
प्रदेश खारेज गर्ने – वर्तमान संघीय संरचनाले अनावश्यक खर्च बढाएको, दोहोरो प्रशासनिक समस्या सिर्जना गरेको र कार्यक्षमता घटाएको आरोप छ ।
जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउने – यसले स्थानीय तहलाई अझै बढी अधिकार सम्पन्न बनाउनेछ ।
प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली – जनताले सिधै कार्यकारी प्रमुख (प्रधानमन्त्री वा राष्ट्रपतिको भूमिकामा) रोज्ने प्रणालीले जिम्मेवारी र जवाफदेहीपन बढाउनेछ ।
मन्त्रिमण्डल बिज्ञ ब्यक्तीहरुलाई बनाउने र निर्वाचित संघिय सांसदहरुले ऐन,निति नियम बनाउने कार्य गर्ने गर्दा सेवा प्रवाहमा शुसासन, बिकास निर्माण र कानुनलाई थप बलियो बनाउन सकिन्छ । यदि यस्तो संरचनागत सुधार गर्न सकिएन भने, फेरि आन्दोलन भड्किन सक्ने र लोकतन्त्र नै संकटमा पर्न सक्ने खतरा बढ्दो छ ।

अन्तरिम सरकारप्रति आशा
जेन्जी आन्दोलनपछिको अन्तरिम सरकारले केही हदसम्म जनतालाई आशा दिएको छ । यद्यपि यो सरकारलाई राजनीतिक दलहरूले मात्र होइन, नागरिक समाज, कार्यकर्ता र सम्पूर्ण जनताले सहयोग गर्नु आवश्यक छ । निर्वाचनलाई सफल बनाउन, पारदर्शी बनाउन र निष्पक्ष बनाउन सबैको जिम्मेवारी हुन्छ । सरकारले पनि राष्ट्रको भावनालाई ध्यानमा राखी निर्वाचन प्रणालीमा सुधार ल्याउनु अपरिहार्य छ । यदि फेरि पुरानै ढर्रामा चुनाव भयो भने, यो आन्दोलनका शहीदहरूको बलिदान व्यर्थ हुनेछ र जनताको आक्रोश अझै बढ्नेछ ।

युवा पुस्ताको भूमिका
आजको नेपालमा सबैभन्दा ठूलो आशा युवा पुस्तामै छ । उनीहरू न त अन्धानुयायी बन्न तयार छन्, न त भ्रष्ट्राचारलाई सहन तयार छन् । सामाजिक सञ्जाल, सडक आन्दोलन र बौद्धिक बहसमार्फत उनीहरूले पुरानो राजनीतिक संस्कृतिलाई चुनौती दिइरहेका छन् । युवाले चाहे भने पार्टीलाई सुधार्ने वा नयाँ विकल्प सिर्जना गर्ने दुवै सम्भावना छ । असल मान्छेलाई अघि ल्याउने, पैसाको राजनीति तोड्ने र पारदर्शी नेतृत्व जन्माउने क्षमता यही पुस्तामा छ ।

निष्कर्ष
नेपाल आज फेरि एउटा ऐतिहासिक मोडमा उभिएको छ । नेताहरूले गल्ती स्वीकार्ने, सुध्रिने र जनताको विश्वास जित्ने बाटो रोज्ने हो भने, अझै पनि लोकतन्त्रलाई मजबुत बनाउन सकिन्छ । तर नेताहरू यथास्थितिमा अडिग रहे भने, कार्यकर्ताले निर्णायक कदम चाल्नुपर्नेछ । अब कार्यकर्ता अन्धानुयायी होइन, सुधारकर्ता बन्नुपर्ने समय आएको छ । दललाई सफा गर्ने, भ्रष्ट्र नेताहरूमाथि दबाब सिर्जना गर्ने र असल नेतृत्वलाई अगाडि ल्याउने जिम्मेवारी उनीहरूको काँधमा छ । यदि हामीले यो अवसर गुमायौँ भने, फेरि अर्को ठूलो आन्दोलन अपरिहार्य हुनेछ । त्यसैले अबको मूल प्रश्न हो—नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?

 

लेखक : बद्री अधिकारी,नीलकण्ठ नगरपालिका ७, धादिङ ।। यो लेखकको निजी बिचार हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0