धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । दशैँको अवसरमा काठमाडौँबाट धादिङ तथा जिल्लाभित्रका विभिन्न स्थानीय रुटमा सन्चालित सवारीसाधनहरुले यात्रुहरूसँग बढी भाडा लिएको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय धादिङले विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ ।
प्रहरीको ट्राफिकसहितको टोलीले जिल्लाका विभिन्न स्थानहरूमा गरेको निगरानीका क्रममा ९ वटा सवारीसाधनले यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा लिएको भेटिएको हो । यी सवारीसाधनहरूबाट १५० जना यात्रुहरूको दश हजार पाँच सय रुपैयाँ बराबरको भाडा फिर्ता गराइएको छ ।
त्यस्तै सवारी चालक तथा सवारीधनीलाई यस्ता क्रियाकलाप दोहोर्याए कानुनी कारबाही गरिने भन्दै सचेत समेत पारिएको छ । प्रहरीले सार्वजनिक चाडपर्वको समयमा सर्वसाधारणलाई सहज यात्रा सुनिश्चित गराउन सवारीधनीहरुलाई तोकिएको भाडादर पालना गर्न आग्रह गर्दै यात्रुहरूलाई पनि यस्ता गुनासो भएमा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |