धादिङ असोज ३ गते ।
गंगाजमुना गाउँपालिका वडा नं ५ मा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण तथा शिक्षक सम्मान गरिएको छ । राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा शिक्षक सम्मान गरिएको हो ।
कार्यक्रममा वडा भित्रका विभिन्न विद्यालयका आठ जना विषयगत शिक्षकलाई शिक्षण–सिकाइ उपलब्धि मूल्याङ्कनका आधारमा सम्मान गरिएको वडा अध्यक्ष कुमार बहादुर अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै, गरिव, विपन्न तथा जेहेन्दार गरी ५९ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप स्टेशनरी सामग्री र विद्यालय पोशाक वितरण गरिएको थियो । अध्यक्ष अधिकारीका अनुसार शैक्षिक गुणस्तर वृद्धि गर्ने र विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले छात्रवृत्ति तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा शिक्षा क्षेत्रको गुणस्तरीय सुधार, सिकाइमैत्री वातावरण निर्माण, विद्यार्थीमैत्री विद्यालय स्थापना, सिकाइ पद्धतिमा नवीनता ल्याउने र स्थानीय तह र विद्यालयबीच सहकार्य बढाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा वडा भित्रका सबै विद्यालयका शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |