धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
धादिङबेशी । देशमा उत्पन्न राजनीतिक, सामाजिक तथा सुरक्षा सम्बन्धी असामान्य अवस्थाप्रति ध्यानाकर्षण गराउँदै धादिङ उद्योग वाणिज्य संघ धादिङले सरकार तथा सरोकारवालालाई व्यावसायिक वातावरण सुरक्षित राख्न आग्रह गरेको छ।
संघले बिहिबार जारी गरेको अपिलमा हाल राजधानीलगायत विभिन्न स्थानमा भएको आन्दोलन, तोडफोड, लुटपाटजस्ता घटनाले उद्योग, व्यवसाय मात्र नभई सर्वसाधारणको जीवनयापनमा समेत असुरक्षित र त्रास भएको उल्लेख गरिएको छ।
संघका महासचिव तिलक सिंखडा र अध्यक्ष रामकुमार डल्लाकोटीले हस्ताक्षर गरेको अपिलमा व्यावसायिक सुरक्षाको ग्यारेन्टी बिना देशको आर्थिक भविष्य सम्भव छैन भन्दै शान्तिपूर्ण समाधानका लागि सबैलाई संयमता र संवादतर्फ अघि बढ्न अनुरोध गरिएको छ।
संघले व्यवसायीहरूमा थप पीडा नपरोस् भनी निरन्तर सुरक्षा निकायसँग संवाद भइरहेको स्पष्ट गर्दै व्यावसायिक गतिविधिमा विचलन नआओस् भन्ने सन्देश पनि दिएको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |