वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
एसइई परिक्षामा शत प्रतिशत नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बाजागाजा सहित नगर प्रक्रिममा गराईने नगर प्रमुख भीम प्रसाद ढुंगानाले उद्घोेष गर्नुभएको छ । नीलकण्ठ नगरपालिका भित्रका प्रधानाध्यापकहरुको लागि आयोजित दुई दिने प्रगति समिक्षा, क्षमता विकास तालिमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षक, व्यवस्थापन समिति तथा विद्यार्थीलाई प्रोत्साहन स्वरूप सम्मान गरिने बताउनुभयो।
नगर प्रमुख ढुंगानाका अनुसार चार जिपिए ल्याउने विद्यार्थी र प्रधानाध्यापकलाई सँगै नगर परिक्रमा गराईने छ।
“नगरपालिकाको कुल बजेटमध्ये ४० प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा छुट्याइएको छ। त्यसअनुरूपको नतिजा ल्याउने गरी विद्यालयले काम गर्नुपर्छ,” नगर प्रमुख ढुंगानाले भन्नुभयो। उहाँले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको र त्यसले अभिभावकलाई आर्थिक भार कम गरेको उल्लेख गर्दै विद्यालयलाई समेत आर्थिक अभाव हुन नदिएको स्पष्ट पार्नुभयो।
एसइईमा शत प्रतिशत ल्याउने विद्यालयलाई नगद, विद्यार्थीलाई नगद सहित पुरस्कृत गर्ने कार्यक्रम यसअघिनै भएको भन्दै उहाँले यसबर्षदेखी एसइई परिक्षामा शत प्रतिशत ल्याउने विद्यालयलाई बाजागाजा सहित नगरपालिकाले भव्य स्वागत गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नीलकण्ठ नगरपालिकाले शत प्रतिशत नतिजा ल्याउने विद्यालयलाई चार लाख र चार जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजार रुपँयाले सम्मान गर्दै आईरहेको छ ।
यसबर्षदेखी कक्षा ८ को परिक्षामा समेत चार जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्ने नगर प्रमुख ढुंगानाले प्रतिबद्धता जनाउनुभएको छ । निजी विद्यालयलाई प्रत्यक्ष नगद सहयोग गर्न कानुनी अवरोध हुने भएकाले ती विद्यालयका विद्यार्थीलाई भने सामुदायिक विद्यालयका विद्यार्थी बराबरकै सम्मान दिइने व्यवस्था गरिएको नगर प्रमुख ढुंगानाले बताउनुभयो।
सामाजिक विकास समितिका संयोजक मन्जु मगरको अध्यक्षतामा सम्पन्न उद्घघाटन सत्रमा नगर प्रमुख भीम प्रसाद ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, शिक्षा विकास तथा समन्वय ईकाका प्रमुख भमिलाल शर्मा सुवेदी, नगर सल्लाहकार दिपक कोईराला लगायतले सम्बोधन गर्नुभएको थियो । आजदेखी सुरु भएको तालिम भोली सम्म सन्चालन हुनेछ ।





मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।