धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,९ भदौ ।
धादिङको नीलकण्ठ नगरपालिकामा खानेपानी,सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका पदाधिकारीको सपथ ग्रहण आज सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाका नगर पमुख भीम प्रसाद ढुंगानाले बोर्डका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । नीलकण्ठ गनरपालिकामा सरसफाई तथा खानेपानीलाई व्यवस्थापन गर्नको लागि बोर्ड गठन गरीएको हो । बोर्डको अध्यक्षमा सामाजिक व्यक्तित्व शिव प्रसाद अधिकारी नियुक्त हुनुभएको छ ।

बोर्डका सदस्यहरुमा कार्यपालिकाको निर्णय अनुसार वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष एवं प्रवक्ता प्रकाश कुमार श्रेष्ठ,वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी, वडा नम्बर १४ का वडा अध्यक्ष नमराज दुवाडी रहनुभएको छ ।यसैगरी सदस्यहरुमा भगवती उप्रेती, कृष्ण प्रसाद कोइराला, मन्जु मगर, दयाराम लम्साल, राजाराम रिजाल निर्देशकमा शिव राना रहनुभएको छ ।

त्यस्तै, मनोनित सदस्यहरुमा विज्ञ सदस्य डा.कृष्णमान शाक्य, महिला सदस्य कोपिला खान ठकुरी, नमिता थापा अधिकारी तथा सदस्य राजकुमार श्रेष्ठ रहनुभएको छ । समारोहमा नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरको समृद्धि र दिगो विकासका लागि खानेपानी र सरसफाइ महत्वपूर्ण आधार भएको भन्दै उहाँले सोहि अनुसार काम गर्नको लागि आग्रह गर्नुभयो । कार्यकारी समितिको पहिलो बैठक आजै सम्पन्न भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |