प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
धादिङ, २५ साउन
दिवङ्गत आत्माको सम्झना र सामाजिक-राजनीतिक व्यङ्ग्यको अनुपम पर्व गाईजात्रा धादिङबेसीमा आज भव्यताको साथ मनाइएको छ। धादिङबेसी बीचबजार चोकबाट सुरु भएको जात्राले बजार परिक्रमा गरीएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने परम्परागत सांस्कृतिक झाँकीहरूमा यस वर्ष पनि समसामयिक राजनीतिमाथि व्यंग्य गरिएको छ ।प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म मनाइने यो पर्वमा टोलटोलबाट निकालिएका झाँकीमा राजनीतिक व्यङ्ग्य प्रमुख आकर्षण बनेको थियो।जात्रामा दलका मुख्य नेताहरुको तस्बिर अंकित मुकुण्डो लगाईएको थियो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा मनाइने पर्व हो। आजका दिन मृतकका परिवारले गाई वा बालकलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गराईएको छ । यसो गर्नाले मृतकको आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छ भन्ने धार्मिक विश्वास छ। जात्रामा सहभागीहरूलाई श्रद्धालुले दूध, फलफूल, रोटी र अन्य सामग्री दान गर्ने परम्परा रहिआएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |