Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

पहिरो रोकथाम र सडक निर्माण कार्य तीव्र

अस्मिता पोखरेल ५६०२ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रबार (१ साल अघि)
पहिरो रोकथाम र सडक निर्माण कार्य तीव्र

धादिङ, साउन ०९ गते ।
अस्मिता पोखरेल ।
एक वर्षअघि नागढुंगा–मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । यो दर्दनाक घटना पुनः दोहोरिन नदिन हाल उक्त क्षेत्रमा पहिरो रोकथाम र सडक निर्माणमा तीव्रता दिइएको छ ।

स्थानीयको भनाइ अनुसार, त्यहाँ वि.सं २०५७/०५८ सालमा पनि ठूलो पहिरो गएको थियो । गत वर्ष लगातार दुई/तिन दिन भएको वर्षाले भिरालो ठाउँमा माटो भिजेर पहिरो झरेको भन्ने अनुमान छ ।

नागढुंगा–मुग्लिङ सडक पुर्वीखण्डका योजना प्रमुख केशव ओझाका अनुसार पहिला त्यहाँ लगाइएको टेवा पर्खालमा माइक्रोपाइल प्रविधिको प्रयोग गरेर काम गरिएको छ । हाल टेवा पर्खालको पुनर्निर्माण, स्वाइल एंकरिङ र ग्याविन वालको काम भइरहेको छ । टेवा पर्खाल भत्किएको ठाउँमा पहिरो रोक्न, पर्खाल बलियो बनाउँन, वा सडक टिकाउनको लागि स्वाइल एनकरेज गर्ने गरी काम भइरहेको छ ।

माटो खसेको र सवारी साधनहरु पुरिएका ठाउँमा लेदो माटोहरु पन्छाएर ग्याविन पर्खाल निमार्णको काम अन्तिम चरणमा छ । अहिले वर्खाको समयमा पनि गर्न मिल्ने काम भएको हुनाले नियमित रुपमा काम भइरहेको योजना प्रमुख ओझाको भनाइ छ ।

हाल मनसुनको समयमा सडक सञ्चालनमा समस्या नआओस् भनेर तत्कालीन उपायहरू लागू गरिएको ओझाले जानकारी दिनुभयो । झ्याप्ले खोलाको सम्पुर्ण कामहरु लागत पनि धेरै हुने र अहिले निमार्ण भइरहेको ठेक्काबाट सम्भव नहुने हुनाले त्यसको दिर्घकालिन कामहरु पछि अध्ययनबाट प्राप्त भए बमोजिम नै हुने छ । उहाँले भन्नुभयो, “यो तत्कालिन व्यवस्थापनको लागि मात्रै हो पहिरो व्यवस्थापनको सम्पुर्ण कामहरु अहिले गरेको हैन” ।

उक्त सडकखण्डको चार किलो भन्ने स्थानमा महेश खोलाले गरेको कटान रोक्न टेवा पर्खाल निर्माण गरिएको छ । परेवाभिरमा सुख्खा पहिरोबाट खसेको माटोहरु सबै पन्छाएर ग्याबिन जाली लाउने काम सम्पन्न भएसकेको छ । उहाँका अनुसार कमेरे भीरको थप अध्ययन गर्ने काम भइरहेको र अध्ययन प्रतिवेदन आइसकेपछि स्रोतहरु पहिचान गरेर काम अगाडि बढाइने छ ।

नागढुंगा पूर्वी खण्ड आयोजना सडकखण्डअन्तर्गत दुईओटा प्याकेजहरु छन्। योजना प्रमुख ओझाले भन्नुभयो, ‘एउटा प्याकेज नागढुंगादेखि नैबिसे खण्डसम्म १२.२ किलोमिटर र नविसेदेखि मलेखुखण्डसम्म ४३.५ किमि छ । कुल ५५ किमिमध्ये हालसम्म करिब आधा अर्थात २७ किमि पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।

यस खण्डमा पर्ने १५ वटा पुलहरुमध्ये नौ ओटा पुलहरुमा गाडीहरु नै चल्न सुरु गरेका छन् । सडकतर्फ पनि चालु आवसम्म पहिलो तहको कालोपत्रे ५५ किमिमा सक्ने योजना छ । आयोजनाको कुल समग्रमा हेर्दा ४४ प्रतिशत भौतिक प्रगति छ । पहिलो प्याकेजको करिब ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत काम भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

  • बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • समाचार
    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0