धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ, साउन ३ गते ।
धादिङमा हालसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लामा साउन १ गतेसम्म ६० प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालय धादिङले जनाएको हो ।
कार्यालयका अनुसार ११ हजार १ सय ५९ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ६ हजार ६ सय ९५ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ।
पछिल्लो साता वर्षा कम भएकाले टारी खेतहरूमा अझै पनि रोपाइ बाँकी रहेको कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार उच्च पहाडी क्षेत्रका खेतहरूमा रोपाइ सकिएको भए पनि बेसी र पानीको अधिक आवश्यक पर्ने खेतहरूमा रोपाइ जारी छ।
“साउन महिनाभर रोपाइको कार्य चल्ने भएकाले बाँकी क्षेत्रमा पनि रोपाइँ हुने अपेक्षा गरिएको छ,” अधिकारीले भन्नुभयो। जिल्लामा पहिले उन्नत जातका सावित्रि, मकवानपुरे १, सुख्खा १, २, ३ र खुमल ४, ६, ७, मसिनो लगायतका धान प्रचलनमा थिए । तर पछिल्लो समय यी जातहरूलाई हाइब्रिड धानले प्रतिस्थापन गर्दै लगेको अधिकारीको भनाइ छ ।
रैथाने धानहरू अहिले कम मात्रमा रोपिन्छ र हाइब्रिड जातप्रति कृषकको आकर्षण बढेको देखिन्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |