धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
धादिङ, ०२ साउन ।
गंगाजमुना गाउँपालिका वडा नं ३ मा सरसफाइ तथा फुल रोप्ने कार्यक्रम सम्पन्न गरिएको छ। साविक गुम्दि गाविस वडा नं २ र ३ को सिंखडा टोलस्थित तल्लो चौतारादेखि वरदन सडक खण्डसम्म सरसफाइ र फुल रोपिएको हो।
वडाको आयोजनामा गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, टोल विकास समिति, विभिन्न विद्यालय, स्वास्थ्य संस्था, आमा समूह तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।
वडालाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित पहिले सीढी निर्माण गरी त्यसपछि दुबै छेउमा फुल रोपिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार, वडाभरि फुल रोपेर ढकमक्क पार्ने योजना अनुरूप काम अघि बढाइएको हो।
स्थानीय सरोकारवाला र संस्थाहरूको सहकार्यमा गरिएको यस अभियानले समुदायमा सरसफाइ तथा वातावरणीय सौन्दर्यप्रति जनचेतना फैलाउने अपेक्षा गरिएको छ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |