वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ, असार ३१ गते ।
नीलकण्ठ नगरपालिकामा जलवायु अनुकूल कृषि र कृषिमा आधारित साना तथा मझौला उद्यमीहरूको लागि वित्तीय पहुँच विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एक्सन नेपाल र नीलकण्ठ नगरपालिका धादिङको आयोजना तथा DCA को आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नीलकण्ठ नगरपालिका भित्रका ५० जना महिला तथा कृषिमा आधारित साना तथा मझौला उद्यमीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उनीहरूको वित्तीय पहुँच, डिजिटल बैंकिङको प्रयोग, जलवायु स्मार्ट कृषि अभ्यास तथा बजार पहुँच विस्तारमा केन्द्रित छलफलहरू गरिएको थियो।
महिला नेतृत्वमा रहेका उद्यमीहरूको वित्तीय साक्षरता अभिवृद्धि, निजी क्षेत्रसँगको सहकार्यमा डिजिटल र जलवायु अनुकूल कृषि अभ्यासलाई प्रवद्र्धन गर्ने, उत्पादन र सेवाको बजार पहुँच सुदृढ गर्ने, र मिश्रित वित्त सुविधाको परीक्षण तथा सिकाइलाई जोड दिइने कार्यक्रमको उद्धेश्य रहेको थियो ।
कार्यक्रममा सहभागी उद्यमीहरूलाई आधारभूत बैंकिङ अभिमुखीकरण, वित्तीय साक्षरता तालिम, डिजिटल बैंकिङ प्रयोग तालिम, व्यवसाय सञ्चालन र व्यवस्थापनमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धी जानकारी गराइएको थियो।
कार्यक्रममार्फत नीलकण्ठ नगरपालिकाका साना तथा मझौला उद्यमीहरूको व्यवसायलाई अझ व्यवस्थित, टिकाउ र आधुनिक बनाउने प्रयास गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले मेयर उद्यमशीलता कार्यक्रम मार्फत व्यवसाय गर्न चाहने उद्यमीहरुलाई २ लाख देखि १५ लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले उक्त रकमलाई उद्धेश्य अनुसार खर्च गरी आफ्नो जिविको पार्जन बृद्धि गर्न आग्रह गर्नुभयो ।
एक्सन नेपालका उपाध्यक्ष रामशरण गिरिको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाअध्यक्ष प्रकाश कुमार श्रेष्ठ, कार्यपालिका सदस्यहरु , विभिन्न वडाका वडा अध्यक्ष तथा प्रतिनिधिहरु, एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगाना लगायत साना तथा मझौला कृषि उद्यमीहरुकोे उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित उद्यमीहरुले नगरपालिकाले मेयर उद्यमशिलता कार्यक्रम अन्तरगत उपलब्ध गराएको सहुलियतपुर्ण कर्जाले आफनो व्यवसाय विस्तार गर्न सहयोग पुगेको बताएका थिए । साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन र उद्यमीहरुलाई प्रोत्साहन गर्न अनुरोध गरेका थिए ।








मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।