वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ, असार २७ गते ।
डिभिजन वन कार्यालय धादिङले दिव्याङ्ग अवस्थाका देववृक्षहरू (वर, पिपल, श्वामी) उद्धार तथा पुनःस्थापना अभियान सुरु गरेको छ। सार्वजनिक स्थल, पर्खाल तथा घर वरपर उम्रेका तर संरक्षण नपाउँदा नष्ट हुने अवस्थामा पुगेका बिरुवाहरूलाई जोगाउने उद्देश्यले अभियान सुरु गरेको हो।
आज धादिङबेसीका विभिन्न स्थानमा गरिएको उद्धार तथा पुनःस्थापनाबाट ३ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवाहरू संकलन गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो । तीमध्ये सबैभन्दा धेरै पिपलका २८५ वटा, वरका २७ वटा र श्वामीका १८ वटा बिरुवा रहेको आचार्यले नीलकण्ठ एफ.एमलाई जानकारी दिनुभयो ।
डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार संकलित सबै बिरुवाहरूलाई कार्यालयको नर्सरीमा राखिनेछ र उपयुक्त समय तथा स्थानमा वितरण गरिनेछ। “अहिलेको मध्य वर्षातको समय जमिन गलेर बिरुवा रोप्न उपयुक्त छ,” आचार्यले भन्नुभयो, “त्यसैले उद्धार गरिएका बिरुवालाई सुरक्षित तरिकाले नर्सरीमा राखेर पुनःस्थापना गरिनेछ।”
उहाँले नागरिकहरूलाई पनि आ–आफ्नो घर वरपर यस्ता देववृक्षहरू उम्रिएका छन् भने जानकारी गराई सुरक्षितरूपमा पुनःस्थापना गर्न अनुरोध गर्नुभएको छ । साथै, कुनै समूह वा व्यक्ति वर, पिपल लगायतका देववृक्ष रोप्न चाहन्छन् भने कार्यालयले सिमेन्ट ट्रिगार्डसहित बिरुवा उपलब्ध गराउन तयार रहेको जानकारी दिनुभयो।
दैव वृक्षहरूको संरक्षणमा सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै, वन कार्यालयले आगामी दिनहरूमा अझ सशक्तरूपमा अभियान अघि बढाउने जनाएको छ।



मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।