नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी, ५ असार । धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।
बिहीबार सम्पन्न गाउँसभाको १७औं अधिवेशनमा अध्यक्ष परशुराम खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सविता अर्यालले रु ६० करोड ५७ लाख ८४ हजार ९१४ को बजेट सभा समक्ष पेश गर्नुभएको हो।
आगामी वर्षको बजेटमा सडक, शिक्षा, कृषि र स्वास्थ्यलाई प्राथमिकता दिइएको जनाइएको छ। पालिका अध्यक्ष परशुराम खतिवडाले नीति तथा कार्यक्रम र बजेट सिद्धलेकबासीको चाहना र आवश्यकता अनुरूप तय गरिएको बताउनु भयो ।
उपाध्यक्ष सविता अर्यालले जनप्रतिनिधि र कर्मचारीको समन्वयमा समयमै तयारी थालिएकोले बजेट निर्धारित मिति भन्दा अगावै प्रस्तुत गर्न सम्भव भएको बताउनुभयो।धादिङका १३ स्थानीय तहहरूमध्ये आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने सिद्धलेक पहिलो स्थानीय तह बनेको हो।
गाउँपालिकाले दिगो, भरपर्दो तथा वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड दिने,एक वडा एक पर्यटन क्षेत्र निर्माण गरिने,विश्वमै दुर्लभ मानिएको काँडे भ्याकुरको प्रवर्धन गने,पालिकालाई मौरी पालनको हबको रुपमा विकास गर्ने जस्ता निति तथा कार्यक्रम ल्याएको हो ।
गाउँ सभाले आर्थिक विधेयक २०८२ तथा विनियोजन बिधेयक २०८२ समेत सर्व सहमती रुपमा पास गरेको छ ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |