प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङबेशी २,असार । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका बिद्याथीहरुलाई लागु औषध दुब्र्यशनी तथा साईबर क्राईम सम्बन्धी अभिमुखिकरण गरिएको छ । विद्यार्थीहरूलाई लागुपदाथ दुब्र्यशनी, साईबर क्राईमको हानिकारक असर र साइबर अपराधको जोखिमबारे सचेत गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको थियो ।
आईतबार नेत्रावती डवजोङ गाउँपालिकाको सेमजोङ स्थित चौतारा माविमा अभिमुखिकरण सम्पन्न भए संगै ५ वटा माध्यामिक विद्यालयहरुमा लागुपदार्थ दुव्र्यसन तथा साइबर क्राइमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो । यस अघि मंगलादेवी मावि, निरन्जना मावि,कुण्डलादेवी मावि,महेन्द्रबाराहि माविमा अभिमुखिकरण कार्यक्रम संचालन भएको थियो ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका आयोजनामा तथा धादिङ मनोसामाजिक संस्थाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखीकरण कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी भएका थिए ।
आईतबार सम्पन्न अभिमुखिकरण कार्यक्रममा नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सितामाया चोदेनको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष सुरेश वाईवा, शिक्षा शाखा प्रमुख शुशिला ङ्याङ्जो, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर गुरुङ लगाएतको आतिथ्यता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रमलाई डा. दिनेश रेग्मीले लागुपदार्थ दुव्र्यसनसम्बन्धी विषयमा र साइबर क्राइमसम्बन्धी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले सहजीकरण गर्नु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |