निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,२६ जेठ ।
नीलकण्ठ नगरपालिकामा–५ मा ढाका बुनाइ तालिम सम्पन्न भएको छ । गृहणी महिला कार्यक्रम अन्तरगत संचालित ६५ दिने तालिम आईतबार सम्पन्न भएको हो ।

तालिममा वडा नं. ५ का २२ जना महिलाको सक्रिय सहभागिता रहेको थियो। समापन कार्यक्रममा बोल्दै वडा नं. ५ का अध्यक्ष राम बहादुर श्रेष्ठले महिलाहरूले सिकेको सीप व्यवहारमा उतार्न सकेमा उनीहरूको आर्थिक सशक्तिकरणमा ठुलो टेवा पुग्ने बताउनुभयो।
उहाँले महिलाहरू स्वावलम्बी बन्नुका साथै नगरपालिकाले ल्याउने आगामी योजनाहरूमा पनि सक्रिय सहभागी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले ढाका कपडाको बजारमा उच्च माग रहेको जनाउँदै, महिलाहरूले उत्पादनमा ध्यान दिन सकेमा आम्दानीका नयाँ ढोका खोलिने धारणा व्यक्त गर्नुभयो।
साथै हातैले बुनिएको ढाकाका रुपमा यसलाई ब्रान्डिङ गर्न सके अझ आकर्षक मुल्यमा बिक्रि गर्न सकिने पनि उहाँले बताउनुभयो । “सिकेका सीप व्यवहारमा ल्याए उत्पादन पनि बढ्छ, आम्दानी पनि बढ्छ” उहाँले भन्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सुवेदी, नगरपालिकाका सल्लाहकार दीपक कोइराला, सामाजिक विकास समिति संयोजक मञ्जु थापा मगर लगायतको उपस्थिति रहेको थियो। नीलकण्ठ नगरपालिका अन्तर्गत यस्ता सीपमूलक तालिमहरूले महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |