प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ, १३ जेठ ।
पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङखोला पुलमा क्षती पुगेकोले महादेवबेशी–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । जुगें खोला नजिकै सोप्यागंखोला पुलमा नयाँ पुल निर्माण गर्ने क्रममा भएको कम्पन (भाइब्रेसन) का कारण पुरानो पुलको पर्खालमा क्षति पुगेको थियो।
त्यसैगले आज बिहान १० बजेदेखि महादेवबेशी–काठमाडौं सडकखण्ड दुबै तर्फ पूर्ण रूपमा अवरुद्ध भएको हो । पुल निर्माणको क्रममा उत्पन्न भाइब्रेसनका कारण पुरानो संरचना कमजोर बनेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको हो। अब निर्माण कार्य र अवस्थाको मूल्याङ्कनपछि थप सूचना सार्वजनिक गरिने जनाइएको छ।
साना चारपाङ्ग्रे सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। ती सवारी साधनहरूलाई गल्छी हुँदै नुवाकोटको बाटो भएर काठमाडौंतर्फ पठाउने व्यवस्था मिलाइएको स्थानिय प्रशासनले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |