वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङमा बाग्मती प्रदेशभित्रका दलित जनप्रतिनिधिहरूका लागि एक दिवसीय अन्तरक्रिया तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जातीय छुवाछूत तथा सामाजिक भेदभाव विरुद्धको ऐन, २०६८ को १४औँ वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले जात व्यवस्था र जातीय भेदभाव कानुनले उन्मुलन गरे पनि व्यवहारमा भने अझै परिवर्तन नआएको गुनासो व्यक्त गरेका थिए। उनीहरूले कानूनको प्रभावकारी कार्यान्वयन र सामाजिक सचेतनाको आवश्यकता औँल्याएका थिए ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षता भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीको प्रमुख आतिथ्य तथा धादिङ जिल्ला न्यायाधीश मनकुमारी जि एम बिक, र बाग्मती प्रदेशसभा सदस्य सोनु परियारको विषेश आतिथ्य रहेको थियो ।
प्रशिक्षकहरूमा गोपाल नेपाली, अधिवक्ता प्रकाश नेपाली र द्वन्द्व विश्लेषक राजेन्द्र सेन्चुरीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा दलित जनप्रतिनिधिहरूलाई नेतृत्व विकास, कानुनी अधिकार र सामाजिक समावेशीताका विषयमा जानकारी राइएको थियो ।
दलित समुदायको आवाज सशक्त बनाउन र उनीहरूको नेतृत्व क्षमतालाई अझ मजबुत बनाउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।