नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेसी, बैशाख २१ गते ।
गजुरी गाउँपालिका–२ का ६० वर्षीय चुडामणि कँडेलले आफ्नै श्रीमतीको हत्या गराउने उद्देश्यले सुपारी दिएका थिए । तर, हत्या योजना असफल भएपछि उनी आफैंको हत्या भएको खुलेको छ ।
चैत २७ गते कँडेल आफ्नै घरको शौचालयमा घाँटीमा डोरी बेरेको अवस्थामा मृत फेला परेका थिए । सुरुमा आत्महत्या आशंका गरिए पनि अनुसन्धानपछि उनी हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
घटनासँग सम्बन्धित अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धादिङले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् । प्रजा वैशाख ३ गते डुँडेठाँटीबाट, भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, कँडेलले मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ दिएर श्रीमती सुस्मिता सिलवालको हत्या गराउन सुपारी दिएका थिए । उक्त पैसा प्रजालाई जग्गा बिक्री गरेर दिइएको थियो ।
हत्या प्रयासमा प्रजासँगै पृथलाल थिङ र सञ्चलाल तामाङ पनि संलग्न थिए । तर, पटक–पटक प्रयास गर्दा पनि श्रीमतीको हत्या गर्न नसकेपछि कँडेलले पैसा फिर्ता माग्न थाले । त्यसपछि पैसा फिर्ता गर्न नसक्ने भएपछि अभियुक्तहरूले उल्टै कँडेलकै हत्या गर्ने योजना बनाए ।
चैत २४ गते राति, घरमै भएका कँडेललाई कोदालोको बीँडले प्रहार गरेर हत्या गरिएको र पछि घटनालाई आत्महत्याजस्तो देखाउन घाँटीमा डोरी लगाइएको प्रहरी अनुसन्धानमा खुलेको छ । हत्यापछि ती तीनै जना पृथ्वी राजमार्ग हुँदै फरार भएका थिए ।
अभियुक्त अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखिएको अवस्थामा एक लाख रुपैयाँ बरामद गरिएको छ । साथै, फरार भएपछिको दिन उनीहरूले स्थानीय बजारबाट एउटै डिजाइनका जुत्ता किनेको पनि पत्ता लागेको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी सुवास हमालले शव क्षतविक्षत अवस्थामा फेला परेकाले सुरुमा नै हत्या आशंका गरिएको बताउनुभयो । अनुसन्धानका क्रममा कँडेल र उनकी श्रीमतीबीचको सम्बन्ध राम्रो नरहेको, उनीहरू प्रायः अलग–अलग बस्ने गरेको पत्ता लागेको छ ।
कँडेल मारिनु केही दिनअघि मात्र श्रीमती सुस्मिता गाउँ आएका थिए र १० दिन बसेर घटना भएको दिन फर्किएका थिए । सुरुमा शंका श्रीमतीमाथि पनि उठे पनि अनुसन्धानले कँडेलकै योजनाको पर्दाफास गरेको हो ।
अहिले सुस्मिता सिलवालले तीनैजनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । कँडेलको पोष्टमार्टमपछि अन्त्येष्टि गरिएको छ । प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको डोरी, कोदालो, मृतकको नगद १ लाख रुपैयाँ, सुपारीको पैसाले किनिएको कपडा, जुत्ता र हाफ पाइन्ट बरामद गरेको छ।
साथै, मृतक कँडेलको प्रयोगमा रहेको मोबाइल फोन तोडेर फालेको अभियुक्तहरूले स्वीकार गरेका छन् र फोनका टुक्रा समेत प्रहरीले बरामद गरेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |