Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

हत्याको योजना बुन्दै ज्यान गुमाएका चुडामणि, हत्या प्रकरणमा तीन जना पक्राउ

८३० पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख २१, आईतबार (१० महिना अघि)
हत्याको योजना बुन्दै ज्यान गुमाएका चुडामणि, हत्या प्रकरणमा तीन जना पक्राउ

धादिङबेसी, बैशाख २१ गते ।

गजुरी गाउँपालिका–२ का ६० वर्षीय चुडामणि कँडेलले आफ्नै श्रीमतीको हत्या गराउने उद्देश्यले सुपारी दिएका थिए । तर, हत्या योजना असफल भएपछि उनी आफैंको हत्या भएको खुलेको छ ।

चैत २७ गते कँडेल आफ्नै घरको शौचालयमा घाँटीमा डोरी बेरेको अवस्थामा मृत फेला परेका थिए । सुरुमा आत्महत्या आशंका गरिए पनि अनुसन्धानपछि उनी हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

घटनासँग सम्बन्धित अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धादिङले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् । प्रजा वैशाख ३ गते डुँडेठाँटीबाट, भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, कँडेलले मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ दिएर श्रीमती सुस्मिता सिलवालको हत्या गराउन सुपारी दिएका थिए । उक्त पैसा प्रजालाई जग्गा बिक्री गरेर दिइएको थियो ।

हत्या प्रयासमा प्रजासँगै पृथलाल थिङ र सञ्चलाल तामाङ पनि संलग्न थिए । तर, पटक–पटक प्रयास गर्दा पनि श्रीमतीको हत्या गर्न नसकेपछि कँडेलले पैसा फिर्ता माग्न थाले । त्यसपछि पैसा फिर्ता गर्न नसक्ने भएपछि अभियुक्तहरूले उल्टै कँडेलकै हत्या गर्ने योजना बनाए ।

चैत २४ गते राति, घरमै भएका कँडेललाई कोदालोको बीँडले प्रहार गरेर हत्या गरिएको र पछि घटनालाई आत्महत्याजस्तो देखाउन घाँटीमा डोरी लगाइएको प्रहरी अनुसन्धानमा खुलेको छ । हत्यापछि ती तीनै जना पृथ्वी राजमार्ग हुँदै फरार भएका थिए ।

अभियुक्त अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखिएको अवस्थामा एक लाख रुपैयाँ बरामद गरिएको छ । साथै, फरार भएपछिको दिन उनीहरूले स्थानीय बजारबाट एउटै डिजाइनका जुत्ता किनेको पनि पत्ता लागेको छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी सुवास हमालले शव क्षतविक्षत अवस्थामा फेला परेकाले सुरुमा नै हत्या आशंका गरिएको बताउनुभयो । अनुसन्धानका क्रममा कँडेल र उनकी श्रीमतीबीचको सम्बन्ध राम्रो नरहेको, उनीहरू प्रायः अलग–अलग बस्ने गरेको पत्ता लागेको छ ।

कँडेल मारिनु केही दिनअघि मात्र श्रीमती सुस्मिता गाउँ आएका थिए र १० दिन बसेर घटना भएको दिन फर्किएका थिए । सुरुमा शंका श्रीमतीमाथि पनि उठे पनि अनुसन्धानले कँडेलकै योजनाको पर्दाफास गरेको हो ।

अहिले सुस्मिता सिलवालले तीनैजनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । कँडेलको पोष्टमार्टमपछि अन्त्येष्टि गरिएको छ । प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको डोरी, कोदालो, मृतकको नगद १ लाख रुपैयाँ, सुपारीको पैसाले किनिएको कपडा, जुत्ता र हाफ पाइन्ट बरामद गरेको छ।

साथै, मृतक कँडेलको प्रयोगमा रहेको मोबाइल फोन तोडेर फालेको अभियुक्तहरूले स्वीकार गरेका छन् र फोनका टुक्रा समेत प्रहरीले बरामद गरेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

  • समाचार
    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0