धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
गजुरी, २० बैशाख । गजुरी गाउँपालिकाको आयोजनामा गजुरी गाउँपालिका वडा नं ४ स्थित नेवारबॉसमा बाँसका सामग्री बनाउने एक महिनाको तालिम सुरु भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गतको तालिम शुक्रबार देखि सुरु भएको हो । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले एक कार्यक्रमका बिच उक्त तालिमको उद्घाटन गर्नु भयो ।
सो समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना गर्न यस्तो तालिमले महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । सिपयुक्त जनशक्ति तयार पारेर उद्यमशीलता अभिवृद्धि गर्ने पालिकाको उदेश्य रहेको भन्दै अध्यक्ष श्रेष्ठले पालिकाले तालिम पश्चात उत्पादन भएका सामाग्रीहरुलाई बजारसम्म पुर्याउने आवश्यक सहयोग बताउनु भयो ।
तालिममा गजुरी गाउँपालिका भित्रका महिलाहरू, युवा र विपन्न समुदाय स्थानियहरुको सहभागीता रहेको छ । सहभागीहरूलाई बाँसबाट विभिन्न सामग्री—टोकरी, ,मुडा लगाएतका सामग्री बनाउन सीप प्रदान गरिने छ । प्रशिक्षकहरू मार्फत सैद्धान्तिक र प्रयोगात्मक दुबै खालका प्रशिक्षण दिइने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |