Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

धादिङबेसी सह–लगानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा

अस्मिता पोखरेल ४३०४ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ३०, शनिबार (१ साल अघि)
धादिङबेसी सह–लगानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा

धादिङबेसी, चैत्र ३० गते ।
अस्मिता पोखरेल ।
धादिङबेसी सह–लगानी खानेपानी तथा सरसफाई आयोजना अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७९ जेठमा सुरु भएको सह–लगानी खानेपानी अब अन्तिम चरणमा पुगेको हो ।

यस खानेपानी आयोजनाबाट नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४ र १२ का पाँच हजार १६४ घरधुरीका हजारौँ स्थानिय नागरीकहरु लाभान्वित हुनेछन् ।

धादिङबेसी लगायतका स्थानमा लामो समयदेखि खानेपानीको समस्या रहेको थियो । पानीको स्रोत नहुँदा स्थानियहरुलाई पर्याप्त पानी पुगेको थिएन । प्रायः पानीका स्रोत टाढा हुने र वर्षा सिजन बाहेक पानीको उपलब्धता न्यून हुने समस्याले स्थानीय समुदायलाई पीडित बनाएको थियो। अब घर घरमा धारो आउने भएपछि नागरीकहरु खुसी भएका छन् ।

हालसम्म ४९.३९ प्रतिशत वित्तिय र ५६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख विवेक खतिवडाले जानकारी दिनुभयो ।
अहिले धादिङको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा खानेपानी सेवा पुर्याउनको लागि वितरण ट्याङकीहरूको निर्माण, प्रसारण पाइपलाइन जडान, र उपचार संयन्त्रहरूको कार्यहरु भइरहेको छ ।

अल्छिडाँडा (२०० घ.मी), अधिकारी डाँडा (२०० घ.मी), राम्चे (५० घ.मी), डाँडागाउँ (१०० घ.मी), र भानु पार्क (४०० घ.मी) मा वितरण ट्याङकीहरूको निर्माण कार्य सम्पन्न भइसकेको छ । कार्यालय भवनको ९० प्रतिशत निर्माण कार्य पनि पूरा भएको छ।

खतिवडाका अनुसार कुल ८६ किलोमिटर प्रसारण पाइपलाइनको निर्माण कार्य रहेकोमा ३८ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। हाल इजारा र प्रगति टोल पुछारबजारमा पाइपलाइनको काम चलिरहेको छ। साथै, १५० घरधुरीमा पानीको धारा जडान गरिएको छ भने, कुल ५१६४ घरधुरीमा पानीको धारा जडान गर्ने लक्ष्य राखिएको छ।

यद्यपि, भुलभुले क्षेत्रका लागि २५ घ.मी ट्याङकी निर्माण र ट्रिटमेन्ट प्लान्ट निर्माण कार्य भने बाँकी रहेको योजना प्रमुख खतिवडाले बताउनुभयो । कार्य सम्पन्न हुने समय २०८२ साल असार महिनासम्म तय गरिएको छ। निमार्ण कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा. लिका प्रबन्धक निर्देशक सहदेव खड्काले यो म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ । २०८२ सालको असार भित्रमा काम सम्पन्न गर्ने निर्माण पक्षले प्रतिबद्धता जनाएको छ ।

नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुुख भीम प्रसाद ढुंगानाले तिर्खामुक्त नगर बनाउने अभियानको साथ काम अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब ५० वर्षसम्म धादिङबेसीमा पानीको अभाव हुने छैन, र अर्को विकल्प पनि खोज्नु पर्दैन” ।

नगरबासीलाई खानेपानीको सहज आपुर्ति गर्नको लागि विभिन्न नियकासँग समन्वय गरेर काम गरीरहेको बताउनुभएको छ । उहाँले निर्माण पक्षले असार मसान्त सम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । नगरबासीले तिर्नुपर्ने रकम समेत नगरपालिकाले ब्यहोरोको ढुंगानाको भनाइ छ ।

नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहनुभएका ढुंगानाले मेयरमा निर्वाचित भईसकेपछि दातृ निकाय, संघ र प्रदेश सरकारसँगको समन्वयमा ठुला ठुला खानेपानी आयोजना सम्पन्न गरिसक्नु भएको छ । ४६ करोड लागतमा निर्माण हुने उक्त खानेपानी आयोजना बागमती प्रदेशकै ठुला योजना भित्र पर्दछ ।

No description available.

No description available.

No description available.

No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

    बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

  • बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

  • बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

  • बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

  • समाचार
    बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

    बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0