प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ, २० चैत्र ।
धादिङको थाक्रे गाउँपालिका–१, खयरघारीमा कार र ट्रक दूर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बि.ए.डी. १३७७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १७३३ नम्बरको ट्रक आपसमा ठोक्किएर दूर्घटना भएको हो ।
दूर्घटनामा घाइते हुनेहरुमा नवलपरासीको देवचुली गाउँपालिकाका ३६ वर्षीय प्रदीप न्यौपाने, १० वर्षि बालक प्रक्षेप न्यौपाने, काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–८ का २७ वर्षिय सुबोध बञ्जरा, पाल्पा जिल्ला गनासकाली गाउँपालिका–२ का २९ वर्षिय रामहरी गैरे, कञ्चनपुर पुनर्वास नगरपालिका–८ का ३३ वर्षिय मुनिराज उपाध्याय रहेका छन् ।
घाइतेहरुको सिम्लेस्थित स्थानीय स्वास्थ्य संस्थाहरुमा प्राथमिक उपचार गरिएको छ । थप उपचारका लागि प्रदीप न्यौपाने, प्रक्षेप न्यौपाने र रामहरी गैरेलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
दूर्घटनाग्रस्थ दुई ओटै सवारी र सवारी चालकहरु प्रहरी नियन्त्रणमा रहेका छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |