Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

५३९ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १५, शुक्रबार (११ महिना अघि)
सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १५ चैत 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताउनुभएको छ । समाजवादी मोर्चा नेपालले आज राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हजारौँ सहिद र बेपत्ता योद्धा तथा लाखाँै नागरिकको सपना हो, यसलाई कमजोर पार्न दिइने छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “सामन्ती व्यवस्थाका अवशेषविरूद्ध आन्दोलनको नेतृत्व गर्ने मोर्चाको सङ्कल्प छ ।” गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनपअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिनुभयो ।

संविधानसभाबाट जारी संविधान कार्यान्वयनमा देखिएको कमजोरी सच्याएर जानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संशोधन अगावै राजनीतिक शक्तिबीच व्यापक छलफल आवश्यक रहेको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न, महिला, दलित, आदिवासी जनजातिलाई थप अधिकार प्रदान गर्न संविधान संशोधन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ठूलो सङ्घर्षबाट जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले वंशको दासत्व कुनै हालतमा स्वीकार्य नरहेको बताउनुभयो । “कसैले वंश शासन ल्याउने खोजे ठूलो मूल्य चुकाउनुपर्छ”, उहाँले भन्नुभयो, “देश र जनताको भलो नगरेको राजतन्त्र कुनै पनि हालतमा फर्कँदैन ।” जनचाहना पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिँदै अध्यक्ष नेपालले जनअपेक्षा पूरा गर्न नसक्दा असन्तुष्टि पैदा भएको टिप्पणी गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको सङ्घर्षको बलमा परास्त भएका शक्ति फेरि जुर्मुराउने प्रयास गरिरहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कने विषय कुनै हालतमा स्वीकार्य नभएको बताउनुभयो ।

“जनतालाई सामन्ती व्यवस्थाको खाँचो छैन, फेरि पनि जनतालाई उत्पीडनमा पर्न दिँदैनाँै”, उहाँले भन्नुभयो, “अबको यात्रा पश्चगमन नभई अग्रगमन हो ।” महासचिव चन्दले किसान, मजदुर, युवा, विद्यार्थीलगायत आमनागरिकले भोग्दै आएको समस्या समाधान गरेर जान सरकारलाई सुझाव दिनुभयो । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिगामी शक्तिहरूले द्वन्द्व निम्त्याएर मुलुकलाई अप्ठ्यारोमा पार्न चाहेको जिकिर गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको प्रत्याभूति गराउन गणतन्त्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सार्वभौम अधिकारप्राप्त आमनागरिक कोही पनि राजतन्त्रको पक्षमा नरहेको बताउनुभयो । आमसभाअघि समाजवादी मोर्चाले काठमाडौँको विभिन्न स्थानबाट जुलुस निकालेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

  • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

  • काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

  • धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

    धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

  • समाचार
    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

    धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

    धादिङ क्षेत्र नं. १ मा मतगणना जारी, आशिका तामाङ अगाडि

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0