Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

अर्गानिक होमस्टेको रूपमा विकास हुँदै धादिङको चैलिङ गाउँ

अस्मिता पोखरेल ६९१५ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १३, बुधबार (१ साल अघि)
अर्गानिक होमस्टेको रूपमा विकास हुँदै धादिङको चैलिङ गाउँ

धादिङ, १३ चैत्र ।
अस्मिता पोखरेल ।
चिटिक्क परेका घर । सबै घरहरू एकै जस्तो देखिन्छन्, सफा सुन्दर । बाटोमा विभिन्न प्रकारका रंगीन फूलहरू, पाहुनालाई न्यानो स्वागत गर्ने स्थानीयहरू । यो हो चैलिङ गाउँ, जुन अब अर्गानिक होमस्टेको रूपमा चिनिन थालेको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं ८ मा रहेको चैलिङ गाउँ । पृथ्वी राजमार्गदेखि दक्षिणतर्फ ८ किलोमिटर माथि डाँडामा रहेको चैलिङ गाउँ अगार्निक होमस्टेको रूपमा विकास हुन थालेको छ ।

यस गाउँमा शत प्रतिशत नेवार समुदायको मात्रै बस्ती रहेको छ । नेवारी कला, संस्कृतिसँगै अर्गानिक खानाको स्वाद लिन पाइन्छ । होमस्टेमा पाहुनालाई लोकल चामलको भात, मकैको ढिँडो, लोकल कुखुरा, लोकल रक्सी, अर्गानिक तरकारी, मह, घिउ, दही र दूध जस्ता शुद्ध परिकार पस्किन्छन् । यी परिकार न केवल स्वादिष्ट हुन्छन्, तर शारीरिक रूपमा पनि निकै लाभदायक मानिन्छन्।

चैलिङबासीले आफ्नो गाउँमा आउनेहरूलाई स्थानीय परिकारसँगै सांस्कृतिक कार्यक्रमहरूबाट समेत भरपुर मनोरञ्जन दिने गरको होमस्टे संचालक कृष्ण श्रेष्ठले बताउनुभयो । विभिन्न जातजातिका कला, संस्कृति, भेषभूषा परम्परा, रीतिरिवाजले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

गाउँमा रहेका ३२ घरमध्ये १० घरलाई चैलिङ सामुदायिक होमस्टे, पाहुना राख्ने घरको रूपमा तोकिएको छ। होमस्टेलाई व्यवस्थित गर्न स्थानीय युवा व्यवसायी तथा सामाजिक अगुवा कृष्ण श्रेष्ठको नेतृत्वमा चैलिङ सामुदायिक होमस्टे व्यवस्थापन समिति गठन गरिएको छ। समितिले पाहुनाको संख्या व्यवस्थापन, खानाको गुणस्तर, र सेवा सुविधा सम्बन्धी नीति बनाउँदै आएको छ। आगामी दिनमा होमस्टेको संख्या थप्ने योजनामा रहेको श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय मानिसहरू सहर र विदेशको आकर्षणमा केन्द्रित छन् । होमस्टेले गाउँको माहौलमा फर्कने एक राम्रो विकल्प प्रस्तुत गरेको छ।
नेपाल सरकारले २०८१/८२ मा ‘नयाँ गन्तव्य गाउँ’ को रुपमा तीन वटा गाउँलाई घोषणा गरेको थियो । जसमा चैलिङ गाउँ पनि पर्न सफल भयो।
गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर (विवेक) थपलियाले चैलिङलाई लोकल उत्पादनको प्रवद्र्धन गर्ने र विषादीमुक्त खाद्य पदार्थहरूको विशेष केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

गाउँमा पर्यटकलाई थप व्यवस्थित बनाउन दुईतले सामुदायिक भवन निर्माण गरिएको छ। करिब ३३ लाख रुपैयाँको लागतमा बनेको भवनमा एक्सन नेपाल र डिसीएले २३ लाख रुपैयाँ सहयोग गरेको छ भने प्रदेश सरकारले १० लाख रुपैयाँ अनुदान दिएको छ। साथै, स्थानीय बासिन्दाहरूले १५ प्रतिशत श्रमदान गरी भवन निर्माणमा योगदान दिएका छन्।

काठमाडौँदेखि झण्डै चार घण्टामा पुग्न सकिने यो ठाउँ सहरिया कोलाहल र प्रदूषणबाट मुक्ति चाहनेहरूको लागि गज्जबको गन्तव्य हुन सक्छ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको चरौँदी, ज्यामिरेघाट, मजिमटार लगायतका ठाउँबाट त्यहाँ जाने बाटो बनेको छ।

चैलिङ गाउँ केवल एउटा गाउँ मात्र होइन, यो एउटा संस्कृति, परम्परा र ग्रामीण पर्यटनको उत्कृष्ट मिश्रण हो । होमस्टे अवधारणाले यहाँका स्थानीयहरूको आर्थिक स्तर उकास्दै गाउँलाई पर्यटनको केन्द्र बनाउने दिशामा अघि बढाइरहेको छ। यदि तपाईंको खोज मौलिक अनुभव, स्वादिलो परिकार, र शान्त वातावरण हो भने, चैलिङ गाउँ तपाईंको अर्को यात्रा गन्तव्य बन्न सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१३%३%१%२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

    बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

  • बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

  • बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

  • बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

  • समाचार
    बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

    बाढीपछिको पुनर्निर्माणलाई अवसरका रूपमा बदलौँ, राहत व्यवस्थापनमा दक्ष जनशक्ति खटाऔँ : सभापति श्रेष्ठ

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0