धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, १६ माघ ।
धादिङमा प्रथम सुमन स्मृति खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । धादिङ फुटबल क्लबको आयोजनामा आगामी फागुन १२ गतेदेखि १७ गतेसम्म ‘प्रथम सुमन स्मृति खुल्ला फुटबल प्रतियोगिता’ हुने भएको हो ।
धादिङमा जन्मिएर फुटबललाई व्यवसायिक रुपले अघि बढाउँदै गर्दा ज्यान गुमाएका नीलकण्ठ नगरपालिका–३ का सुमन श्रेष्ठको सम्मान स्वरुप उनकै नाममा फुटबलको आयोजना गरिएको फुटबल क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले बताउनुभयो ।
मंगलबार पत्रकार समेन्नलन गदै मृतक सुमनको सम्मान र खेलाडीहरुलाई प्रोत्साहनका लागि आयोजित खुल्ल फुटबल प्रतियोगितामा जहाँसुकैबाट जुनसुकै क्लवले सहभागी हुन पाउने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, खेलाडीको उमेर र स्थानले प्रतियोगितामा सहभागी हुन रोक लगाइएको छैन । देश विदेशबाट प्रतियोगितामा सहभागी हुने पाउँछन्।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ७५ हजार, दोस्रोले ७५ हजार तथा सेमिफाइनलमा पुग्ने अन्य दुई टिमलाई २५ हजार रुपैंया नगद प्रदान गरिने छ ।
२०८१ फागुन १२ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिता नकआउट चरणमा हुनेछ । नाइन ‘ए’ साइड खेल हुने क्लवका सचिव सरोज पाण्डेले बताउनुभयो
त्यस्तै उद्धघाटन अघि खुल्ला पुरुष म्याराथुन प्रतियोगिता पनि हुने पाण्डेले बताउनभयो । म्यारुथुनमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइनेछ ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |