बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१३ पुष
लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीको आयोजनामा एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ महादेवस्थान स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीका अध्यक्ष कृष्ण प्रसाद ढकाल(शिशिर)ले जानकारी दिनुभयो ।
जनस्वास्थ्य कार्यालय धादिङको समन्वय,धादिङ अस्पतालको प्राविधिक सहयोग र बेनिघाट रोराङ गाउँपालिकाको सह आयोजनामा शिविर सन्चालन गर्न लागिएको हो । पुस १९ गते बिहान ९ बजेदेखी हुने स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा,बालरोग,स्त्री तथा प्रसुती,मानसिक रोग,मुख स्वास्थ्य,आँखा,जनरल सर्जरी,ईसिजी,युएसजी लगायतको सेवा प्रवाह गरिने आयोजकले जानकारी दिएको छ । उक्त स्वास्थ्य शिविरमा सहभागी भई मौकाको फाईदा लिनुहुने आयोजकले सम्पुर्णलाई आग्रह गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |