धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?
धादिङ, ०४ मंसिर ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको थियो । दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिनुभयो ।
उनीहरुलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसीमा पठाइएको छ । दुर्घटनास्थल धादिङ र चितवनको सिमानामा पर्ने हुग्दीखोला नजिकै पर्दछ । ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |